देशको खबर

टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा मन्त्री दीपक खड्काले टेक एन्ड पे व्यवस्था संशोधन हुने जानकारी दिएका छन् । साना जलविद्युत् योजना र निर्यात सुनिश्चित भएका आयोजनामा ’टेक अर पे’ नै उपयुक्त हुने मन्त्रीको भनाइ छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका पश्नको जवाफ दिँदै उनले टेक एन्ड पेको व्यवस्था संशो�. . .


धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु

धनुषा । धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । तीनै जनाको पहिचान खुल्न भने बाँकी रहेको छ । धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार विहान दुर्घटना भएको ह�. . .


भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको संकेत हो :सांसद नेपाली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर विषयमा सरकार मौन बसेर लाचारीपनको संकेत दिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरुलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधीक गिरोहसँग सरकारको कुनै सा�. . .


रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज(सोमबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका. . .


मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, असारभित्रै निर्माण सकिने आशा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् । निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै मन्त्री चौधरीले तोकिएको समयमै रंगशाला सम्पन्न हुने आशा व्यक्त गरेका हुन् । निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त�. . .


पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा प्रारम्भ भएको छ । नगरसभाको उद्घाटन सत्रमा नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। त्यस्तै, उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम सभामा पेस गरिन् । ‘विकास गतिविधि�. . .


कर्णालीको समृद्धिका लागि नवराज बोहोराको पैदल यात्रा, प्रचण्डले दिए समर्थन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष नवराज बोहोराले कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको अभियानबारे जानकारी गराएका छन् । बोहोरा सुर्खेतदेखि काठमाडौंसम्म करिब एक महिनाको लामो पैदल यात्रा गर्दै आइपुगेका हुन् । उनले कर्ण�. . .


भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

काठमाडौं । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा सयौं नेपालीहरु बन्धक बनाइएको पाइएको छ । उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको छ । गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक �. . .


संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण विभागीय मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथ�. . .


भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर

रौतहट । मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष कमलकुमार उपाध्यायलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिरा�. . .


निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ । आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो । त्यसपछि निर्माण कम्पनी. . .


पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालत काठमाडौंमा उनीहरुमाथि १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार ठरह गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । �. . .