देशको खबर

रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं । देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको महाशाखाले जनाएको �. . .


आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै सक्रिय छन् । गृहमन्त्रीको काम व्यवस्थापन र समन्वय गर्नुपर्ने भएपनि उनी �. . .


त्रिशूली ३ ‘ए’ को सुरुङबाट एक जनाको उद्धार

काठमाडौँ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ 'ए' बाट एक जनाको उद्धार गरिसकिएको जानकारी दिएका छन् । यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए । भर्खरै एक जनाको उद्धार भएको जानकारी दिँदै न्यौपानले सामाजिक सञ्जालमा लेखेका छन्,'सुरुङभित्रबाट एक जना स. . .


विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन् । उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र क. . .


‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगे. . .


बाढीपीडितको सहयोगार्थ विराटनगरमा ‘सिफारिस’ नाटक मञ्चन गरिँदै

विराटनगर । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरको आरोहण नाटक घरम ‘सिफारिस’ नाटक मञ्चन गरिने भएको छ। भदौ १० गते आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति आयोजकले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन�. . .


मेरील्याण्ड कलेजमा विद्यार्थीको प्रतिभा प्रदर्शन, ट्यालेन्ट हन्टमा सुप्रिया प्रथम

विराटनगर । विद्यार्थीमा लुकेर रहेका प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले विराटनगर ७ रंगेलीमा रहेको मेरील्याण्ड कलेजमा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरिएको छ। कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममा विभिन्न विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कलेजको . . .


भोटेकोशी बाढी प्रभावितकालागि सुर्योदय मिल्क एण्ड बेभरेजदको पाँचलाख ५५ हजार सहयोग

विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका पीडितहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगरस्थित सुर्योदय मिल्क एण्ड बेभरेज प्रा. लि. ले पाँचलाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीका सञ्चालकहरु प्रेमकुमार राठ�. . .


विराटनगरको बुढानीलकण्ठ स्कुलका विद्यार्थीले मनाए श्रीकृष्ण जन्माष्टमी

विराटनगर । विराटनगर २ मा रहेको बुढानीलकण्ठ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर विविध सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीलाई आफ्नो धर्म, संस्कृति र मौलिक परम्पराबारे अवगत गराउने उद्देश्यले विद्यालयले हरेक बर्ष कृष्णा जन्माअष्टमीलाई भव्य रुपमा मनाउने गरेको छ । समारोहमा नर्स�. . .


बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडाउन रोक, अटेर गरे जफत गरिने

काठमाडौं । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा साना तथा अनधिकृत ड्रोन नउडाउन सबैमा आग्रह गरेको छ । विपद्ग्रस्त क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्र�. . .


बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

काठमाडौं । भोटेकोशी तथा त्रिशूली बाढीका कारण विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षेत्रगत क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्र�. . .


डीपीएस विराटनगरमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न

विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस), विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको अडिटोरियम हल तथा खेलमैदानमा आज आयोजित कार्यक्रममा विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन, आदर्श तथा उहाँका शिक्षासँग सम्बन्धित विभिन्न प्रस्तुति . . .