देशको खबर

धरौटी बुझाएर सभापति लामिछाने रिहा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ। आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो ।. . .


यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानुनी व्यवस्था, निर. . .


सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेश ल्याइएको बताउनुभएको छ । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ तथा सरोकार भएका पक्षसँगको सघन छलफलपछि अध्यादेश ल्याइएको उहाँले बताउनुभयो । सरकारको सिफारिसमा हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट जार�. . .


सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताउनुभएको छ । कीर्तिपुरमा आज आयोजित २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मी त. . .


रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेको ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रस्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। यसअघि जिल्ला अद�. . .


नेपाल निर्माण व्यवसायी महासंघले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले माघ ३ गतेदेखी २१ गतेसम्म आन्दोलन गर्ने घोषणा गरेको हो । निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल स�. . .


महिला र पुरुषको बिहेको उमेर १८ वर्ष राख्न सुझाव दिँदै संसदीय समितिमा प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार समितिको बैठकमा सुझावसहितको प्रतिवेदन पेस गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका लागि समितिद्वारा गठित तीन उपसमितिले महिला �. . .


भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छ : वर्षमान पुन

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको छ । आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भन्सार जाँचपास. . .


डाक्टर शेखरले बेलायतमा पुगेर भने–नेपालमा बहुलवाद र विकासलाई चुनौती दिने लोकरिझाईको राजनीति

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा लोकरिझ्याइँको राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद बहुलवाद र विकासलाई चुनौती दिएको धारणा राखेका छन् । बेलायतको वेस्ट मिन्स्टरमा धारणा राख्ने क्रममा नेता कोइरालाले अहिले नेपालमा भईरहेको लोकरिझाईको राजनीति, उग्र . . .


पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोप�. . .


पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिनुभयो । उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक स�. . .


अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ: प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष. . .