देशको खबर

२५ करोड रकम तस्करी पछाडीको नाइकेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम तस्करी पछाडीको प्रमुख व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भरियालाई समाउने तर मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको भन्दै सरकार यस्ता तस्करहरुको नाइकेसम�. . .


माउ पार्टीहरूले विद्यार्थीलाई उक्साएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको छन् : सांसद ढकाल

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले माउ पार्टीहरूले स्ववियू निर्वाचमा विद्यार्थीलाई उक्साएर पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिका लागि अब्बल तालिम दिइरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थी संगठनका माउ पार्टीहरुले युवा पुस्तालाई पक्ष र विपक्षमा भि. . .


रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले चैत २४ गते रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । बैठकले राष्. . .


जनताले उठाएका आवाजलाई सरकारले नजर अन्दाज गर्दैछ : सांसद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधी सभामा बोल्दै उनले जनताले पछि फर्कने कुरा नगरी उन्नत लोकतन्त्र चाहेका भन्दै कानून अनुसार जनताले उठाएका आवाजलाई सरकारले सुन्नुपर्ने बताएका हुन् । ‘. . .


२५ करोड बरामद घटनाको छानबिनका लागि समिति गठन गर्न माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले २५ करोड बराबारको अवैध रमक बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भन्दै सत्य तथ्य छानबीनको लागि स�. . .


राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थि�. . .


युगान्डबाट नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

काठमाडौं । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् । बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरु नेपाल फर्किएका हुन् । प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता. . .


यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा सांसद घिमिरेले मागे माफी

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गर्नुभएको हो । उक्त दिन प्रमुख सचेतक �. . .


राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । कार्यसूची अनुसार बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । यस्तै, राष्ट्रिय�. . .


आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभामा उत्पत्ति भ�. . .


नेदरल्याण्डका दम्पतीको नेपाल प्रेम

राम थापा/रासस गण्डकी । एड क्रामर र आन्नी क्रामर नेपाललाई ‘दोस्रो घर’ ठान्छन् । नेदरल्याण्डका यी दम्पत्ति सन् १९७७ जुलाईमा पहिलो पटक नेपाल आएका थिए । तीन साना छोराछोरीसहित उनीहरूले यहाँ आठ वर्ष बिताए । सन् १९८५ मा स्वदेश फर्किए । “नेपाल छोड्न मनले त मानिरहेको थिएन, तर परिवारप्रतिको उत्तरदायित्वले हामी. . .


‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान

वासुदेव पौडेल/रासस छेन्दु (चीन) । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तर�. . .