देशको खबर

हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ । सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ । मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङको सदरमुकाममा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकार. . .


नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले अविरल वर्षाका कारण नवलपुरसहित देशका विभिन्न क्षेत्रमा भएको क्षतिको तत्काल अध्ययन गरी राहत तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले नारायणी नदीमा हालसम्मकै उ�. . .


विराटनगरमा असोज १७ र १८ गते ‘समर लभ’ नाटक मञ्चन हुने

विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक विराटनगरमा असोज १७ र १८ गते मञ्चन हुने भएको छ। कोशी प्रदेशका दर्शकको अनुरोधपछि नाटक वीरेन्द्र सभागृहमा दुई दिन सीमित शोका रूपमा प्रस्तुत गर्न लागिएको हो। यसअघि विराटनगरमा ‘सेतो धरती’ नाटकलाई दर्शकले दिएको उत्साहजनक साथपछि . . .


विराटनगरको जेम्स स्कुलकी कक्षा ३ की मिजाशीको पहिलो म्युजिक भिडियो सार्वजनिक

विराटनगर । विराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी मिजाशी उपाध्यायको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। सानै उमेरदेखि संगीतप्रति रुचि राख्दै आएकी मिजाशीले आफ्नो प्रतिभालाई सांगीतिक प्रस्तुतिमार्फत अघि बढाउँदै पहिलो म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। मिजाश. . .


अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु

काठमाडौं । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण २१ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार वर्षाजन्य वि�. . .


नेपाली काँग्रेस नगरसभापतिमा गिरी र कार्कीबीच प्रतिस्पर्धा

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि केशव गिरी र कृष्ण बहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् । मंगलबार हुने निर्वाचनका लागि आज आइतबार मनोनयन दर्ता गरिएको हो । निर्वाचन समितिका अनुसार सभापति पदमा गिरीको प्रस्तावकमा पर्शुराम कटुवाल र समर्थकमा शम्भु चौधरी रहेका छन् । �. . .


एनसीवाई’ विराटनगरमा चारवटा कार्गोरेल आउँदा भत्कियो यार्ड

विराटनगर । नेपाल–भारत कार्गोरेल सेवा विराटनगरसम्म विस्तारपछि विराटनगरमा निरन्तरता भर्खरै पाइरहेको थियो । विराटनगर–१८ बुधनगरस्थित आईसिपी नजिकै नेपाल कष्टम यार्ड (एनसीवाई)सम्म रेलले कार्गो ढुवानी गरिरहेको छ । गत साउन ४ गतेदेखि हालसम्म ४ वटा कार्गोरेल आइसकेका छन् । यो सकारात्मक सन्देशका बीच कार्गोर. . .


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, महिला, बालबालिका, लैङ�. . .


भेरी नदीको बीचमा फसेका चार जनाको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । नेपाली सेनाले जाजरकोटस्थित भेरी नदीको बीचमा फसेका चार जना स्थानीयको उद्धार गरेको छ । आइतबार जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढ्दा नदीको बीचमा फसेका चार जना स्थानीयको सेनाले सकुशल उद्धार गरेको हो । भेरी नदीको बहाव अचानक बढेपछि चार जना नदीको बीचमा फसेका थिए । उनीहरूलाई तत्काल उद्. . .


म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं । निरन्तर परेको अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । भने ३ जना बेपत्ता भएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार स्थानीय नागरिक तथा प्रहरीको संयुक्त प्रयासमा पहिरोमा पुरिएका ६ जनाको शव फेला �. . .


विराटनगरमा सामान खरिद, बिल जरुर, व्यवसायी भन्छन्- ‘पहिलाभन्दा धेरैले माग्न थाले’

सोनु साह विराटनगर । विराटनगरमा वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने ग्राहकको संख्या पछिल्लो समय बढ्दै गएको व्यवसायीहरूले बताएका छन्। नेपाल सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने बानीको विकास गराउन सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’पछि ग्राहकमा बिलप्रतिको चासो बढेको व्यवसा. . .


देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेषगरी नारायणी नदी आसपासका बासिन्दालाई आज उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखामा कार्यरत असिस्टेन. . .