देशको खबर

मनसुन पूर्वतयारी कार्ययोजना सार्वजनिक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरुदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द�. . .


थोत्रा गाडीले सिंहदरबार विरुप, ‘तह लगाउन कानुन संशोधन गरौं’

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले सार्वजनिक खरिद ऐन संशोधन गर्न नसक्दा सिंहदरबार पुराना गाडीहरुले विरुप पारेको बताएकी छन् । सिंहदरबारमा बुधबारको समिति बैठकमा बोल्दै सभापति पन्तले सिंहदरबार परिसरका पुराना गाडीहरु पन्छाउन कानुन बा�. . .


क्रसर र खानी उद्योग नवीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा प्रशोधन केन्द्र तथा खानी उद्योगहरुको लामो समयदेखि रोक्का रहेको नवीकरण सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीक�. . .


सरकारको मनसुन पूर्वतयारी : अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उध्दार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना गरेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा . . .


पोखरामा प्रधानमन्त्रीले भने: ‘दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस्’

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध. . .


एमाले अध्यक्ष ओलीले गरे वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन् । आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेर नेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियान�. . .


मिथिलाञ्चलमा भोलि वटसावित्री पर्व मनाइँदै

महेन्द्रनगर (धनुषा) । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउनुहुन्छ । वटसावित्री प. . .


तीनै तहका सरकारले दिगो र हरित विकासलाई नीति कार्यक्रममा प्राथमिकता दिन जरूरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सकिने बताएका छन् । दाहालले दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी भएको समेत बताएका छन् । बुधबार विश्व व. . .


विश्व वातावरण दिवस : ‘हाम्रो भूमि, हाम्रो भविष्य’

काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खो. . .


प्रतिनिधि सभामा अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । आज सदनमा छलफलका क्रममा बजे�. . .


आइसीसी टी–२० विश्वकप : रन र विकेटमा खेलाडीलाई युरो पेन्ट्सको नगद पुरस्कार

काठमाडौँ । जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले टी–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको दिने घोषणा गरेको छ । जसअनुसार खेलाडीले प्रति रन ३०० रुपैयाँ पुरस्कार पाउने भएका छन् । यस्तै प्रत्येक चौकामा १ हजार रुपैयाँ, छक्कामा ३ हजार रुपैयाँ तथा अर्ध सतकमा ५० �. . .


मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा

मुगु । कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्र�. . .