देशको खबर

आज राष्ट्रिय शिक्षा दिवस

काठमाडौँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’. . .


राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

कास्की । पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द�. . .


मनाइयो वास्तु दिवस, गरियो विश्वकर्मा पूजा

काठमाडौँ । आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाएका छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेष रुपमा सजा. . .


स्वयंसेवक परिचालनमा नियमन गरेपछि पशुपति दर्शनमा सहज

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालनमा नियमन गरेपछि विगतका वर्षको तुलनामा यस वर्ष पशुपति क्षेत्रमा हरितालिका (तिज) पर्व व्यवस्थित भएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि स्वयंसेवकमा निगरानी गरेपछि व्रतालु महिलाले सहजरुपमा दर्शन गर्न पाएका हुन् । विगत वर्षमा सय�. . .


सामान्य विवादमा कुटपिट गरी साथीको हत्या

लुम्बिनी । स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक स�. . .


१०३ प्रतिजैविक औषधी प्रयोग नगर्न विभागको निर्देशन

काठमाडौँ । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्या�. . .


प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

काठमाडौँ । जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो । माथिल्लो तामाकोशील. . .


तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । हत्यामा उनकोकुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उह�. . .


तीन पर्व एकै दिन

महोत्तरी । मधेसको प्राचीन मिथिलाक्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइँदैछन् । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजनोत्सव तथा चन्द्रमासको भदौ शुक्ल तृतीया र चौथीका दिन मनाइने क्रमशः तीज र लोकआस्थाको पर्व चौरचण्ठ (चौरचन, चौठीचान) तिथिको भोग घटबढले आज एकै दिन �. . .


पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ । विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको पशुपति क्ष�. . .


आज राष्ट्रिय विज्ञान दिवस

काठमाडौँ । आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।. . .


मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । . . .