देशको खबर

राष्ट्रपतिको कार्यालयमा छैन बेरुजु

काठमाडौं । यो वर्ष राष्ट्रपतिको कार्यालयसहित केही संवैधानिक निकायहरु र आयोगहरुमा बेरुजु नरहेको थाहा भएको छ । देशका सबै निकाय र निजी क्षेत्रको समेत लेखा परीक्षण गर्ने महालेखा परीक्षकले यस्तो प्रतिवेदन दिएको छ । उपराष्ट्रपतिको कार्यालय, प्रदेश प्रमुखको कार्यालय कर्णाली र सुदूरपश्चिम, कानुन, न्या�. . .


गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिने सांसद गुरुङको भनाई

काठमाडौं । पूर्वमन्त्री धनराज गुरुङले गाँजा खेतीको सन्दर्भमा कानून निर्माण गर्ने कुरा पहिला देखि नै उठाउँदै आइरहेको भन्दै गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौं भने २ खर्ब राजश्व वृद्धि हुने बताए । आज प्रतिनिधि सभामा बोल्दै्र उनले भने, ‘गाँजा खेतीको सन्दर्भमा कानून बनाउनको लागि त्यो सँग सम्बन्ध�. . .


दलित समुदायको अधिकार प्रवर्द्धनकै लागि प्राधिकरण बनाइएको हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र संबद्र्धन गरी अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । दाहालले सोही प्रकृया पूरा गर्नलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यव. . .


मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा

काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्‘ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमाथि अब राष्ट्रिय सभा बैठकमा छलफल सुरु हुने भएको हो । मन्त्र�. . .


गृहमन्त्री रवि लामिछानेको निर्णयमा सर्वोच्चले लगायो रोक

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्री लामिछानेको उक्त निर्णय तत्काललाई कार्यान्वयन नगर्न भनेको हो । न्यायाधीश तिलप्रसा. . .


यस वर्ष १६ लाख पर्यटक नेपाल आउनेछन् : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितवहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरीरहेको बताएका छन् । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य स�. . .


डेढ अर्ब ठगी आरोप लागेका लामा भन्छन् :‘राम्रोसँग फोटो खिच्नुहोस् ’

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो । कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी ग�. . .


बाँसबारी, गिरीबन्धु र बालमन्दिरको फाइल खोलिने छ : सांसद मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ । आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले बालमन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल प�. . .


नेता र दलालहरुले जनताको पसिनामा पौडी खेले : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीको रकम अपचलन गर्नेहरुमा सर्वसाधारण नभइ राज्यसत्तामा विराजमान नेताहरु नै संलग्नता रहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वसहकारीमन्त्री समेत रहेका सांसद केसीले राज्य सत्तामा बस्ने नेता र तिनको संर�. . .


सहकारीको सूची बनाउँदा हुकुमी शैली अपनाइयो : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कानूनी व्यवस्था नगरी आफूखुशी निर्णय गर्ने मन्त्रीको हुकुमी शासन भएजस्तै सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच मात्र सल्लाह गरेर समस्याग्रस्त सहकारीको सूची बनाउनु हुकुमी शासनसँगै प्रजातन्त्र विपरित भएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि स�. . .


अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै अपमान गर्यो : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रकरण सदनमा उठाए. . .


अभौतिक सांस्कृतिक सम्पदामा नेपाल धनी छ, संरक्षणमा जुटौं : मन्त्री तामाङ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल अभौतिक सांस्कृतिक सम्पदामा धनी देश भएकाले यसको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् । आइतबार अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीलाई . . .