समाचार

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाँक्री पराजित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् । एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् । नतिजा. . .


बेलायतमा बद्री केसी विरुद्ध प्रदर्शन

काठमाडौं । हाल बेलायत भ्रमणमा रहेका एनआरएनएका नेता बद्री केसीले विरोधको सामना गर्नुपरेको छ । उनी भ्रष्टाचारमा लिप्त भएको र संघमा समेत विभाजन ल्याएको भन्दै अभियन्ताहरुले विरोध गरेका हुन् । यस्तै लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालविरुद्ध पनि नाराबाजी भएको बताइएको छ । अल्डरसटम�. . .


विराटनगरमा निस्कियो ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा, राधेराधे

विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा निस्किएको छ । मन्दिरमा पूजाअर्चना गरिसकेपछि राधाकृष्णको युगलजोडीलाई रथमा प्राठप्रतिष्ठा गरेर नगर परिक्रमाका लागि निकालिएको हो । मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडिलाई रथारोहण गराउँदै तीनपैनी बाट मेनरोड हुँदै ट्रा. . .


राधाकृष्ण मन्दिरमा मुख्यमन्त्री र मेयर

विराटनगर । विराटनगर–१ राधाकृष्ण मन्दिरबाट निस्कन लागेको रथयात्रामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पुजाअर्चनाका लागि पुगेका छन् । यसैगरी महानगरपालिका मेयर नागेश कोइराला समेत त्यहाँ पुगेका छन् । रथयात्रा निस्कने तयारी हुँदै गर्दा मुख्यमन्त्री कार्की र मेयर कोइरालाले त्यहाँ पुजाअर्चना �. . .


शिक्षकका हातमा बाँसको भाटा, मनलाग्दी कुट्छन् टाउकोमा

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ डंग्राहा मझारे (ग्रामबाबा टोल) स्थित चन्द्रसुर्य बोर्डिङ स्कुलमा सोमबार एक विद्यार्थीको टाउको फुट्यो । शिक्षक राजनकुमार साहले हातमा बोकेको लाठ्ठी विद्यार्थीमाथि प्रहार गरे, त्यसले कुटाई खानै नपर्ने ८ वर्षीया बालकलाई लाग्यो । कक्षामा बाँसको भाटा (बत्ति) लिएर पस्न. . .


रास्वपाका संस्थापक महामन्त्री विराटनगरका मुकुल ढकालको खोसियो साधारण सदस्य, पार्टीबाट निष्कासन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । संस्थापक महामन्त्री ढकाललाई रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी हटाएको हो । ढकाललाई यस अगाडी स्पष्टीकरण सोधिएको थियो । २४ घण्टाभि�. . .


रथयात्राका क्रममा ज्येष्ठ नागरिक र बालबालिकाको ख्याल राख्न मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा मंगलबार निकालिने ऐतिहासिक राधाकृष्णको रथयात्रामा सभ्य र भव्य हुने विश्वास व्यक्त गरेका छन् । रथयात्राको सफलताको शुभकामना दिँदै मेयर कोइरालाले विराटनगरको प्रतिष्ठासित जोडिएको रथयात्रालाई भव्य र सभ्य बनाउनु हरेक विराटनगरवासीको . . .


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको सं. . .


विराटनगरमा फूल र विरुवा संरक्षणमा दुईसय स्वयम्सेवक परिचालन

विराटनगर । विराटनगर महानगरपालिकाले सौन्दर्यकरण अभियानअन्तर्गत रोपेका विरुवा र फूलको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ । विराटनगरस्थित बरगाछी–रानी सडकखण्डमा भर्खरै मात्र रोपेका फूल र विरुवा राधाकृष्ण रथयात्राका क्रममा नष्ट हुने सम्भावना बढेको भन्दै महानगरले युवा स्वयम्सेवक परिचाल. . .


बजार क्षेत्रमा नगर प्रहरीले पनि सिसी क्यामराबाट निगरानी गर्ने

विराटनगर । विराटनगरमा निकालिने ऐतिहासिक राधाधकृष्णको रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गर्ने भएको छ । महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रा हुने आपराधिक गतिविधिको निगरानी गर्ने भएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरि�. . .


विराटनगरमा रथयात्राको समयमा सवारीका लागि यी हुन बाइपास रुट

विराटनगर । राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि ४ बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरोडमा सवारी साधन प्रवेश �. . .


विराटनगरमा राधा कृष्ण रथ यात्रा आज

-देवराज तामाङ विराटनगर । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथ यात्रा निकालिने भएको छ। आज दिउँसो ३ः३० बजे विराटनगरमा रथ यात्रा निकालिने तयारी पुरा भएको रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ। रथ यात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार. . .