समाचार

खोटाङको ‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गर्नुभएको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता. . .


व्यावसायिक सीप तालिम प्रदायकहरूद्वारा मन्त्रालयमा ६ बुँदे ध्यानाकर्षण

इनरुवा । व्यवसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राई सम्क्ष ध्यानाकर्षण पत्र बुझाएको हो। ६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र �. . .


यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज लागि तोकेको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ । भने युरोको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपै�. . .


आफ्ना नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह

जकार्ता । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठक तथा पाँचौं मन्त्रीस्तरीय बैठकमा सहभा. . .


विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिए : प्रधानमन्त्री ओली

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओ. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर �. . .


अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका सहभागी

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा नेपालका प्रथम महिला राधिका शाक्य सहभागी भएकी छन् । अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभ�. . .


विराटनगरको भव्या ईभी साईकल शोरुममा आगलागी, कति क्षति ?

विराटनगर । विराटनगर महानगरपालिका २ स्थित मुनालपथमा रहेको भव्य ईन्टरनेशनल विद्युतीय साईकल शोरुममा आगलागी हुँदा करोडौँको क्षति भएको छ । बुधबार दिउसो ३ बजेको समयमा दुई पाङग्रे विद्युतीय साईकल पसलमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा त्यहाँ भएको सबै साईकल तथा व्याट्रीहरु जलेर पूर्ण रुपमा जलेर नष्ट भए. . .


मोरङका पालिकाहरूमध्ये विराटनगर महानगर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट ५ मा

विराटनगर । कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ । अघिल्लो आर्थ. . .


आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो या. . .


बिहीबारदेखि देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

काठमाडौँ । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउसो विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्र�. . .


विभिन्न क्षेत्रमा उत्कृष्ट हुने शिक्षादीप कलेजका विद्यार्थीलाई नगद सहित सम्मान

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने तथा निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो । निवन्ध प्रतियोगितामा प. . .