काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् । बिहीबार सैनिकमञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संवि�. . .
विराटनगर । विराटनगरमा कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस मनाइएको छ । संविधान दिवस समारोहलाई सार्थक बनाउन उत्साहप्रद उपस्थिति रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा शहीद रङ्गशाला विराटनगरबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल–जलजला चोक–मेन रोड–गोल�. . .
विराटनगर । थाइल्याण्डको सुफान बुरिमा हुने इन्डुरेन्स इन्टरनेशनल च्याम्पियनसिपमा सहभागी हुन विराटनगरका चार जना रोलर स्केट खेलाडीहरू प्रस्थान गरेका छन्। सेप्टेम्बर २० देखि २२ सम्म चल्ने यस प्रतियोगितामा १३ देशका ४०० भन्दा बढी खेलाडीहरूले भाग लिने अपेक्षा गरिएको छ। दिल्ली पब्लिक स्कुल (डिपिएस) का. . .
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा शुभकामना सन्देश जारी गर. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभाले थप नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ। सभाले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने प्रस्तावसहित चालु आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट तथा कार्यक्रम पारित गरेको छ। कोशी प्रदेश�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताएका छन् । संविधान दिवस तथा रा. . .
विराटनगर । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनुभयो । संविधान दिवस तथा �. . .
काठमाडौं । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्ण रूपमा भने सकिएको छैन । धरहराको ९८ प्रति�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । बिहीबार संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले संविधानले राज्यमा समानुपातिक समावेशी प्रतिनिधित�. . .
काठमाडौँ । अब मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहलपहल बढ्दै छ । मौसम खुलेसँगै राजधानी काठमाडौँ उ. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धार. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत. . .