समाचार

पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित

असार २ गते रातिदेखि जारी वर्षाका कारण गएको पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित भएका छन् । जिल्लाको याङवरक, फालेलुङ, हिलिहाङ र फिदिममा यत्तिका नागरिक विस्थापित भएका हुन् । पहिरोका कारण हालसम्म ६८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दि. . .


काठमाडौँ महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९-८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । उहाँका अन�. . .


धनकुटाको ध्वजे डाँडामा २२ देशको झण्डा

धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झण्डा राखिएको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झण्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईल�. . .


नागरिकता उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले माइतीघर मण्डलामा धर्नामा बसेकालाई नागरिकता उपलब्ध गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा बसेकालाई नागरिकता अधिकारबाट वञ्चित नगर्न आग्रह गर्नुभएको छ । आयोगको स्थलगत अनुगमनबाट ती धर्नामा बसे�. . .


बुबाआमाविहीन बनेका आशिष र अङ्कुको बिचल्ली

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा/गिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आश�. . .


नेपालमा बङ्गलादेशी पर्यटक बढाउने पहल

काठमाडौँ । नेपाल भित्रिने विदेशी पर्यटकको महत्वपूर्ण स्रोतबजारमध्येको बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले होटल सङ्घ नेपाल (हान) को प्रतिनिधिमण्डल बङ्गलादेश प्रस्थान गरेको छ । बङ्गलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प. . .


बहाल कर सङ्कलनमा उब्जिएको अन्योल हटाउन सङ्घीय सरकारलाई प्रमुख शाहको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ । संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा करिब रु एक अर्ब ४३ करोड ४० लाख क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा रा�. . .


किर्ते कागजात पेश गरी छोरा बनेर जग्गा नामसारी

काठमाडौँ । एक व्यक्तिले किर्ते कागजात बनाइ छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको फेला परेको छ । स्याङ्जामा जन्म भएकी उमादेवी गुरुङलाई आमा बनाएर प्रतिवादी सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु . . .


ताप्लेजुङमा सडक अवरुद्ध, बेपताहरूको खोजी कार्य र उद्धारमा सास्ती

फुङ्लिङ । ताप्लेजुङमा आइतबारदेखि आन्तरिक तथा बाह्य यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपताहरूको खोज तथा उद्धार कार्यका लागि सास्ती भएको छ । सिरिजङ्गा गाउँपालिकाको एक, सिदिङवा गाउँपालिकाको एक र मैवा�. . .


सङ्खुवासभा बाढी अपडेट : बेपत्तामध्ये एकको शव भेटियो

किमाथाङ्का । सङ्खुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ मध्ये एक जनाको शव भेटिएको छ । आज चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । शरीरको आधा भाग (कम्मर) भन्दा मुनि मात्र भेटिएका कारण शवक�. . .


विराटनगरमा आधुनिक प्रकारको ‘ विराट कल्चर हाउस ’संचालनमा आउदै

विराटनगर । सबै जातजातीको पोसाकदेखी घरायसी सामाग्री उपलब्ध गराउने उद्धेस्यका साथ ल्याएको ‘ विराट कल्चर हाउस ’ संचालनमा आउने भएको छ । विराटनगर ९ स्थित हिमालय हल अगाडी मंगलबारबाट औपचारिक रुपमा संचालनमा ल्याईने भएको हो । विराटनगरकी युवा महिला उद्यमी सुप्रिया श्रेष्ठले विराटनगरमा फरक शैलीको आर्कषण �. . .


विराटनगर महानगरद्वारा बाख्रा पालन समूहलाई बोयर जातको बोका हस्तान्तरण

विराटनगर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ । महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर-४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो । आज महानगरपालिकामा . . .