समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।. . .


पूर्वमुख्यमन्त्री कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि वृक्षारोपण अभियान

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि जामुनबारी सामुदायिक वनबाट सुरू गरेको वृक्षारोपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेको छ । वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बेलबारी. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्�. . .


प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्त. . .


एसीसी महिला एसिया कप क्रिकेट : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो . . .


करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित

तेलअभीभ (इजरायल) । करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् । इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदार हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो । सन् २०२४ को सुरुदेखि दुई हजार १०० भन्दा बढी अनुगमन रिपोर्ट, प्रारम्भिक सर्वेक्ष. . .


पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा रहेको ‘बिपी-पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनक. . .


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई प्रदेश मुख्यमन्त्रीमा नियुक्ति गरिएको छ । सोमबार प्रदेश प्रमुख अमिक शेरचन्दले ५६ सांसदको समर्थनसहित उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको सम�. . .


बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृ*त्यु

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी,पहिरो लगायतका विपद्मा परी हालसम्म एक सय ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कणर. . .


बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी पक्राउ

ढाका । बङ्गलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताउनुभयो । पक्राउ परेकामध्ये केही बङ्गलादेश . . .


नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ ला�. . .


मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेड क्वाटर बुढीगंगालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ । मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोहबीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपाल�. . .