समाचार

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को १८ औं स्थापना दिवसमा विविध कार्यक्रम

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ले आफ्नो १८ औं स्थापना दिवस विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । नाबुन विराटनगर महानगर कमिटिको आयोजना तथा प्रदेश र केन्द्रको समन्वयमा रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो । स्थापना दिवसको अवसरमा शनिबार बि. . .


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भएको छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । साथै पार्टी �. . .


प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्�. . .


आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं । आज विश्व पानी दिवस मुलुकभर मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आइतबार विश्व पानी दिवस मुलुकभर मनाइने भएको हो । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन स�. . .


लगातारको वर्षाले प्रधानमन्त्री कप प्रभावित

जनकपुर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ । जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन । मधेस प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्प. . .


मोरङका तीन स्थानमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन प्रशासनको निर्देशन

विराटनगर । मोरङ जिल्लाका विभिन्न तीन स्थानमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रहरूमा विशेष निगरानी राख्नुका साथै निसंक्रमण (डिसइन्फेक्ट) कार्य तीव्र पारिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङक. . .


अर्थतन्त्र शिथिल, जेनजी आन्दोलनले निजी क्षेत्रमा ८० अर्ब क्षति : कमलेश अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको बताएका छन् । नेपाल व्यापार संघको ३३औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले अर्थतन्त्र सिथिल रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०८१/८२ �. . .


किशोरीमाथि भएका जघन्य अपराधप्रति निष्पक्ष छानबिन र न्यायको माग गर्दै मन्त्रालयमा ध्यानाकर्षण पत्र

जनकपुर । मधेश प्रदेश तथा देशका विभिन्न स्थानमा किशोरीमाथि भएका जघन्य अपराधप्रति निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित गर्न माग गर्दै प्रदेश बाल सञ्जाल र सबल नेपालले खेलकुद तथा समाज कल्याण मन्त्रालय र गृह, सञ्चार तथा कानुन मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। उक्त पत्र क्रमशः प्रदेश सचिव शिव ना�. . .


कोशीका विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ ले सम्मान

इटहरी । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्तित्व तथा संस्थाहरूलाई आज कोशी एक्सिलेन्स अवार्डले सम्मान प्रदान गरिएको छ । बीमा, बैंकिङ, शिक्षा, सूचना प्रविधि, उद्यमशीलता, संगीत, स्वास्थ्य, कृषि, खेलकुददेखि पत्रकारितासम्मका विधामा योगदान पु-याउनेहरूलाई सम्मान गरिएको हो । सन्तोष प्�. . .


विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, विद्यालय व्यवस्थापन सुधारमा जोड

विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर हानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन ग. . .


मधेशबाट हराए ‘मसिहा’ उपेन्द्र

सोनु साह विराटनर । मधेशको राजनीतिमा सबैभन्दा पहिले सम्झिने पात्र हुन् उपेन्द्र यादव, जसलाई मधेशी जनताले आफनो सच्चा नेत्तृृवको रुपमा हेरेका थिए । तर, अहिले यादव मधेशमा आलोचनाको केन्द्र बनेका छन्।फूलको माला लगाएर स्वागत गर्ने नेतामा पर्ने उनी अहिले मधेशबाट लखेटिएका छन् । जुन मधेश आन्दोलनको लज्जास्पद . . .


फ्लोरा एक्स्पोको तेस्रो दिन : २१ हजार ५ सयले गरे अवलोकन, ३८ लाखभन्दा बढीको कारोबार

काठमाडौं । पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण बढ्दो देखिएको छ । भृकुटीमण्डपमा जारी उक्त मेलामा दैनिक रूपमा दर्शक सङ्ख्या र कारोबार दुवैमा वृद्धि हुँदै गएको आयोजकले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वाता�. . .