समाचार

प्रतिनिधिसभामा राष्ट्रिय पोशाक र प्रधानमन्त्रीको व्यवहारबारे सांसद गुरु बरालको प्रश्न

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय पोशाकको परिपालना र प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले देशले सुशासन, राष्ट्रिय मर्यादा र राष्ट्रिय पहिचानको माग गरिरहेको बताएका हुन् । उनले संयुक्त सदनमा हुने राष्ट्रिय महत्वक�. . .


सर्वोच्चको फैसला छलेर जग्गाको कारोबार, विरक्तछन् विराटनगर–१४ का स्थानीय

विराटनगर । विराटनगर–१४ साविक जतुवा कठकुप्पा (हाल विराटनगर–१४ छाला फ्याक्ट्री) जग्गामा दुई पक्षबीचको विवाद तहगत अदालतको फैसला र यसको कार्यन्वयन ढिलाई हुँदा यहाँका सर्वसाधारण पीडित बनेका छन् । अहिले यहाँका स्थानीय हातमा पूर्जा बोकेर पनि जग्गाबिहीन हुनु परेको गुनासो गरिरहेका छन् । साविक जतुवा ३ घ (हाल . . .


एचआईभी संक्रमितको संख्या : मधेश प्रदेश दोस्रो स्थानमा

जनकपुर । नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय सपहीद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार अन्तरक्रिया कार्�. . .


मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

काठमाडौं । सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको जनाएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने जनाएका हुन् । उनले भने,‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय. . .


पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने जानकारी दिए । त्यस्तै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अ�. . .


शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरूको भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहिमालगायत राष्ट्रसङ्घ अन्तर्गतका अन्य नियोगहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा आपसी सम्बन्ध र दुई पक्षीय . . .


सांसद खरेलको स्पष्टिकरण : स्मार्ट टेलिकमको विषयमा एउटा मिटिङ समेत गरेको छैन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले राजधानी दैनिक पत्रिकाले आफ्नो स्वीजरल्याण्ड भ्रमणको विषयमा भ्रमपूर्ण समाचार सम्पे्रषण गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा अनुसन्धानको घेर�. . .


सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्ने सदस्यहरु मनोनीत

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा संचालन गर्न ७ सदस्य मनोनीत गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए । जसमा गंगालक्ष्मी अवाल, कामिनी कुमारी, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावत�. . .


आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् ।प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला�. . .


सरकारले संसद कमजोर बनाउन अध्यादेशको ओइरो लगायो : सांसद पन्त

काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको २१औँ अधिवेशनको बैठकमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश तथा गरिबविरोधी मानसिकताबाट प्रभावित भएको आरोप लगाइन् । उनले फागुन २१ को निर्वाचनपछि सुर. . .


प्रतिनिधिसभा बैठक सुरु हुनसाथ विपक्षी दलहरूको अवरोध

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका छन् । सोमबार बसेको बैठकमा सरकारले ल्याएका अध्यादेशको विरुद्धमा नेपाली कांग्रेस, नेकपा र एमाले र श्रमसंस्कृति पार्टी लगायतका सांसदहरु उठेर विरोध जनाएका हुन् । विपक्षी दलहरूले उक्त अध्यादेशले शक्ति सन्तुलन र लोकतान्त�. . .


काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । बिहान सुर्खेत आएका सभापति थापाले भेला उद्घाटन गरेका हुन्। भेलामा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरु सुर्खेत आएका छन् । नेपाली काँ�. . .