समाचार

चीनको एक विद्यालयमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु

हेनान । चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो । मृत्यु हुनेहरु सबै तेस्रो क�. . .


‘सितारे जमिन पर’को तयारीमा आमिर खान

मुम्बई । सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन् । यी अभिनेता पुनः पर्दामा फर्किउन् भन्ने उनका प्रशंसकको ठूलो चाहना छ । अब आमिर आफ्नो नयाँ फिल्म ‘सितारे जमिन पर’ बनाउने तयारीमा छन् । यसका अलावा उनको पाइपलाइनमा अभिनेता सनी देओलका साथ फिल्म ‘लाहोर. . .


रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । “आजकलका बच्चाको. . .


इराकमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण

काठमाडौं । इरान समर्थित आतंककारी समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा रकेट र ब्यालेस्टिक मिसाइलले आक्रमण गरेका छन्। आक्रमणबाट धेरै अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकी सेनाले धेरै सैनिकलाई गम्भीर चोटपटक लागेको र अनुसन्धान भइरहेको जनाएको छ । ‘शनिबार पश्चिमी इराकको अल–अ. . .


एएफसी एसिया कप : बहराइनको पहिलो जित

काठमाडौं । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई' मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो । बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा गोल गर्दै जि�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तर शनिबारको तुलनामा कुनै खासै फेरबदल छैन । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ०�. . .


हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । यसरी दीक्�. . .


जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार प्रदान

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले यस वर्षको ‘सुदीस निरौला स्मृति साहित्य पुरस्कार’ कवि शकुन्तला जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशिको सो पुरस्कार कवि जोशीलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका वरिष्ठ कव. . .


धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध

धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो। उपमहानगरपालिकाले जारी गरेको सार्�. . .


यू-१९ विश्वकपमा भारतको विजयी सुरुवात

काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो । भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटि�. . .


यू-१९ विश्वकप क्रिकेटमा इंग्ल्याण्डको सहज जित

काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा इंग्ल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४९.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १७४ रन बनाएको थियो । �. . .


सगरमाथालाई भारतको भनेर टेलिसिरियलमा गलत प्रचार

काठमाडौँ । छिमेकी मुलुक भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरिएको छ । भारतको चर्चित टेलिभिजन जी टिभीले प्रसारण गर्दैआएको ‘कैसे मुझे तुम मिल गए’ नामक टेलिसिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर प्रचार गरिएको हो । सो टिभी सिर. . .