समाचार

नेपालका करिब ६० प्रतिशत घर एकतले

काठमाडौँ । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् । जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७�. . .


दसैं बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे

चितवन । दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् । उनीहरुले विभिन्न प्रवेशद्धारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन�. . .


तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने

काठमाडौँ । भौतिक पूर्वाधार तथ यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकममध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहार अघिसम्म सकिने बताउनुभएको छ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा उहाँले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै सडकमा मर्मतको काम गरि�. . .


सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने

काठमाडौँ । लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ । कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका २२ जना प्रहरीलाई सातदिन भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालय नक्. . .


प्रिन्सिपलको हत्या गर्नेको खोजी जारी

वीरगञ्ज । आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । टाउको र छातीमा गोली लागेर घाइते हुनुभएका . . .


गुटेरेस माला र टोपीमा सजिँदा…

गण्डकी । पोखरा भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लनुभएका उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको ह. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबर. . .


को ‘सम्माननीय’, को ‘माननीय’

काठमाडौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विध�. . .


महोत्तरीमा गाँजाको तस्करी र कारोबार बढ्यो

गोपालप्रसाद बराल/रासस महोत्तरी । गाँजाकै कारण केही दशकअघि महोत्तरीको अजमरपट्टी बस्ती संसारभर चर्चामा थियो । गाँजाको लत लागेका व्यक्तिहरूले यहाँको अजमरपट्टीको चर्चा गरिरहन्थे । “त्यतिखेर आफ्नो जिल्लाको एउटा सानो बस्तीको नाउँ विदेशीले किन लिन्छन् ? आखिर के रहेछ त्यहाँ ? भन्ने लाग्थ्यो,” एक विदेशी ना�. . .


इजराइलीको खोजीमा भीडले रुसी विमानस्थलमा आक्रमण गरेपछि ६० जना पक्राउ

मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए । ‘अल्लाहु अकबर’ (ईश्वर सबैभन्दा महान छन्) भन्ने नारा लगाउँदै दर्जनौँ प्रदर्शनकारी आइतबा�. . .


तिहारमा विराटनगर–काठमाण्डौंका लागि शाकिरा सररर

विराटनगर । यातायात मजदुरहरुको संयुक्त साझेदारीमा विराटनगर–काठमाण्डौंका आउजाउ गर्नका लागि नयाँ बस सञ्चालनमा ल्याइएको हो । शाकिरा यातायात कम्पनीले ‘शाकिरा गोल्ड एसी’ बस सोमबारदेखि सञ्चालनमा ल्याएको हो । यो बस विराटनगर बसपार्क बेस बनाएर काठमाण्डौंका लागि छुट्ने छ । एक करोड रुपैँया लागतमा खरिद गरिए. . .


आइसिसी टी–२० विश्वकप छनोट : युएई विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट ग�. . .