काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक बदली रही देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्�. . .
विराटनगर । श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमान फरार भएका छन् । झापा अर्जुनधारा घर भई विराटनगर– ४ खार्जीमा डेरा गरेर बस्दै आएका ४२ वर्षीय हेमबहादुर कार्कीले ३८ वर्षीया श्रीमती नमिता बस्नेतलाई खुकुरी प्रहार गरि गम्भिर धाईते बनाएर फरार रहेका छन् । मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गर. . .
काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि बुधबार पुन: हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा आज भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । आज महान्यायाधिवक्ता डा दिनमणि �. . .
बारा । स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।. . .
विराटनगर । स्रोत नखुलेको रकमसहित एकजना बालकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–६ शनि मन्दिरबाट स्रोत नखुलेको रकम सहित १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बालकले बोकेको कालो झोलाम�. . .
फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । आज आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् । मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा . . .
विराटनगर । प्राविधिक ज्ञान र सीपसहितका शिक्षक नहुँदा सामुदायिक विद्यालय विद्यार्थीका लागि आकर्षणविहीन हुन थालेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरु समेत यो विषयलाई स्वीकार गर्दै विद्यार्थीका लागि आफ्नो दक्षतामा प्रश्न उठेको स्वीकार गर्दछन् । शिक्षकहरुले ज्ञान सिकाएपनि प्रविधिको धान र सीप स�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएक. . .
अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी. . .
विराटनगर । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेकोे हो । आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको का�. . .
विराटनगर । दशैं अगाडी निराशाजनक व्यापार देखिएको विराटनगरका व्यापारीमा केहि खुशी भने चाडपर्वले जगाएको छ । दशैंको समयमा भएको व्यापारले केहि उर्जा थपेको विराटनगरका व्यापारीको भनाई छ । छ महिनादेखि विराटनगरमा व्यापार सुस्त देखिएको भएपनि दशैंसँगै केहि आसा जगाएको हो । विगतका वर्षहरुमा जस्तो मनखुशी हुन�. . .