समाचार

दसैँका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि खुल्ला हुने

काठमाडौँ । दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । व्यवसायी. . .


स्वस्थ आलोचना र प्रश्न गर्न पाउनु संसदीय व्यवस्थाको सुन्दर पक्ष हो : सांसद न्यौपाने

काठमाडौँ । विसं २०६४ र २०७० मा संविधानसभा सदस्य रहनुभएकी ईश्वरीदेवी न्यौपाने अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । सांसद न्यौपानेलाई संसदीय सर्वोच्चता र मर्यादा कायम राख्दै पक्ष–विपक्षमा हुने आलोचना र गरिने प्रश्न लोकतन्त्रको सुन्दर पक्ष लाग्छ । संसद् अवरोध गरेर विरोध जनाउने शैली भने उहाँलाई कहिल. . .


स्वास्थ्य बीमामा जोडिएका बिरामी प्रत्येक महिना अस्पताल धाउन पर्दा हैरानी

नारायण न्यौपाने/रासस काठमाडौँ । प्रत्येक महिना अनिवार्य रुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ । यसअघि स्वास्थ्य कार्यक्रममा सहभागि बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन म�. . .


पुस्तक समीक्षाः ‘शब्दविम्बमा सत्यमोहन’ का बहुआयाम

काठमाडौँ । ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौँ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो दिन सक्छ, अँध्यारालाई नाश गरिदिन्छ र त्यसमा पनि त्यो �. . .


पुस्तक समीक्षा : सङ्घर्षले खारिएका थपलियाका ‘जीवन उपयोगी विचारहरु

प्रकाश सिलवाल/रासस काठमाडौँ । मान्छेका सुख, दुःख, माया, घृणा सबै व्यवहारको कसीमा जाँचिएका हुन्छन् । बौद्धिकरुपमा सक्षम र वैचारिकरुपमा सशक्त हुने तर व्यवहारमा राम्रो नहुने मानिसले समाजलाई केही दिन सक्दैनन् । मानव मस्तिष्कमा परिस्थिति, समय, अवस्था, घटना, व्यवहारले कालजयी भनाइ प्रकट हुन्छन् । यस्तै–यस्�. . .


जितिया पर्व आज सकिँदै

धनुषा । हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो । ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई �. . .


कबड्डीमा नेपाललाई पदक दिलाउने झापाकी अनुजाको घर पुग्दा…

चन्द्रकला भण्डारी/रासस झापा । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा हुनुहुन्थ्यो । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै हुनुहुन्थ्यो । हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनक. . .


कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा (३) अनुसार गत भदौ २२ गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्. . .


फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स : नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

काठमाडौँ । फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उक्त जानकारी दिएको हो । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् । मुख्य प्�. . .


अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने झापाका पिन्टुकुमार साह पक्राउ

काठमाडौँ । अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्या�. . .


क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले बिराट क्यान्सर अस्पतालसँगको सहकार्यमा क्यान्सरको बारेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । हिमालय दर्शन कलेजमा अयोजना भएको कार्यक्रममा हिमालय दर्शन र मेरिल्याण्ड कलेजका गरी १२५ जना विद्यार्थीहरुको सहभागीता रहेको क्लबका सचीव शालिनी मुरारकाले जानकारी द�. . .


भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

चैनपुर (बझाङ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज बझाङको सदरमुकाम चैनपुर पुग्नुभएका उहाँले पीडित परिवारको आवश्य. . .