समाचार

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसप मा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले ख�. . .


विराटनगरमा प्लाष्टिकको दियोको बढ्दो चलन

इशु पन्त विराटनगर । विराटनगर बजारमा यस वर्ष प्लाष्टिकका दियोको बिक्री र प्रयोग बढेको छ। गत वर्ष सामाजिक सञ्जालमा चर्चामा आएको यो नयाँ प्रविधिको दियो पानी हाल्ने बित्तिकै बल्ने र पानी फ्याँक्दा आफै निभ्ने विशेषताले युक्त छ। ओम शान्ति इन्टरप्राइजका संचालक उज्वल अधिकारीका अनुसार बजार महँगीको कारण �. . .


कात्तिक कृष्ण चतुर्दशीः कुकुर तिहार मनाइयो

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खान दिएमा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रुपमा बाटो छोडिद�. . .


‘कुकुर बिनाको गोठालाको कल्पना गर्न सकिदैन’

म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका �. . .


यम पंचकका पाँच दिन : यस्तो छ महत्व र पूजा विधि

डा.रुद्रनाथ अधिकारी बरिष्ठ ज्योतिष एवम संस्कृतविद् हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजेसम्म द्धादशी छ । अनि त्यसपछि त्रयोदशी सुरु हुन�. . .


महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गर्नुभएको उल्लेख गर्नुभएको छ । महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा उ. . .


सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष�. . .


पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो

सिबी अधिकारी/रासस काठमाडौँ । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट रु दुई करोड तीनलाख ४८ ह�. . .


सालको पात बेचेर खर्च जुटाउँदै महिला

धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका– ६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्नुहुन्छ । इटहरीबाट गाईघाट आउन जानै एक दिन लाग्छ । गाईघाट पुगेर दिनभर सालका पात टिपेर घर फर्किनुहुन्छ । उहाँले भन्नुभयो, “साँझ घर फर्केर पातका मुठा बनाउनुपर्छ त्यसपछि पातको दुनाटपरी गाँस्न प्रयोग हुन�. . .


कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोम�. . .


कात्तिक कृष्ण औँसीः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता ले�. . .


देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भाग. . .