समाचार

गलत सूचनाबाट सचेत रहन ईपीएस कोरिया शाखाको आग्रह

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा नेपालले पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । मंगलबार सूचना जारी गर्दै ईपीएस कोरिया शाखा नेपालको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै गलत सू�. . .


पाँचथर दुर्घटना अपडेट : घाइते थप एक जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो । दुर्घटनामा सख्त. . .


काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा.दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम. . .


विचार: साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार

काठमाडौँ । विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दैछ कि आगामी दिनमा भौतिक आक्रमणका घटनाभन्दा बढी साइबर अपराधका घटना बढी हुनेछ । अबको दुनियाँमा आमनागरिक, प्रशासनिक संरचना र र. . .


हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार . . .


बढ्यो सुनको मूल्य

काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी �. . .


जरिबाना नतिरे सांसददेखि मन्त्रीसम्मले चुनाव लड्न नपाउने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा खर्च विवरण सार्वजनिक नगरी जरिबानामा पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्�. . .


ईटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-८ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० बर्षिय कुमार बि.क. रहेका छन् । मंगलबार घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा अचानक बिधुतको तारमा छुन पुग्दा करेन्ट लागेर छतबाट लडि घाईते भएका बि.क.को उपचारको क्रममा सामुदायिक अस्पता�. . .


झापा र मोरङबाट लागुऔषध ब्राउन सगुर सहित ३ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साझ साढे ७ बजे झापाको मेचीनगर नगरपालिका-६ स्थितमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोल�. . .


बुढीगंगामा पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ रमाइलो टोल स्थित पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे २ बजे कृष्ण मगरको छोरा ३ बर्षीय कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबि पानीमा तैरि रहेको अवस्थामा स्थानीय १२ बर्षीय सबिन तामाङले फेला पारी पोखरीबाट निकाली. . .


सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ । उपमहानगरपालिका–१०, सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठसमेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी का�. . .


काँकडभिट्टाबाट एक वर्षमा ६ अर्ब २९ करोड बढीको तरकारी र फलफूल आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र २ अ�. . .