समाचार

राष्ट्रिय बास्केटबलको लिग ‘एनबिएल’ हुने

काठमाडौँ । राष्ट्रिय बास्केटबल लिग (एनबिएल) हुने भएको छ । एनबिएलको पहिलो संस्करणको प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने आयोजकले जनाएको छ। नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो �. . .


पूर्वी नाकाबाट चार करोडको जडीबुटी निर्यात

झापा । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको छ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भए�. . .


भोजपुरको हतुवागढीमा दिमालुङ स्मारक उद्यान

भोजपुर । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो । किरात राईको आस्थाको केन्द्�. . .


महोत्तरीबाट बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ

जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ ला�. . .


सुन प्रकरण : रेडी ट्रेडको गोदाममा छापा, एक पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले आज काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ । गोदाममा छापा मारेर विभागले केही कार्टुन ‘ब्रेक शु’ बरामद गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार का�. . .


चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतलाई चामल निर्यातमा लगाइएको रोक हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो । भारत सरकारले गत जुलाई २० मा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगा�. . .


इलाका प्रशासन कार्यालय खोटाङमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो

खोटाङ । गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी �. . .


ललिता निवास प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो. . .


सर्वोच्चमा कोशी सरकारको बहस सकियो, फैसला भोलि आउने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएपनि फेसला बिहीबार आउने भएको हो । सर्वोच्च अदालतबाट आउन�. . .


विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१६ स्थितबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. ४ प. ६५४२ नम्बरको मोटरसाईकलमा सवार सुनसरीको धरान उप-महानगरपालिका-१८ का दिवस लिम्बूलाई पक्राउ गरेको. . .


झापामा एक वर्षमा दुई सय ५ लागुऔषधको मुद्दा फछ्र्यौट

झापा । झापामा लागुऔषध सम्बन्धीका दुई सय ६ मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फछ्र्यौट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९-८० मा १७ भारतीय नागरिकसहित तीन सय ३६ जना लागुऔषध कारोबारी पक्राउ परेका र ती मध्ये १६ देखि ६० वर्षमाथि वर्षसम्मका व्यक्ति �. . .


निर्मला हत्या प्रकरण : पाँच वर्ष पूरा,कहाँ पुग्यो अनुसन्धान ?

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्धाको टुङ्गो लागेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थि. . .