समाचार

गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

गण्डकी । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमि�. . .


कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा . . .


आइएफआरसीको महासचिवमा पुनःचापागाई

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ । सो पदमा पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्य�. . .


बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशम�. . .


प्रलोभनमा धर्म परिवर्तन गर्नुहुँदैन : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता एवं सांसद डा.शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा निर्माण भएको पाथीभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण ग�. . .


वन नियमावली छिट्टै जारि गर्छाै : मन्त्री आचार्य

विराटनगार । कोसी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीकाे मस्याैदा माथि छलफल गरेकाे छ । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली समयमा जारि हुनुपर्ने भए पनि हाल सम्म नियमावली जारि नहुँदा फिल्डस्तरमा ऐन कार्यान्वयनमा बाधा परेकाे र संघिय वन, नियमा�. . .


शीर्ष नेताको छलफललाई आशङ्का गरिरहनु पर्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताउनुभएको छ । सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले शीर्ष नेताको छलफललाई लिएर आशङ्का गरिरहनु आवश्यक नभएको बताउ�. . .


राष्ट्रपतिले संविधानविद्सँग भन्नुभयो, ‘संसद्को सार्वभौमिकता कहाँ पुग्छ ?’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनदेखि नागरिकतासम्बन्धी विधेयकबारे सरोकारवाला विज्ञसँग चरणबद्धरुपमा परामर्श गरिरहनुभएको छ । यसै सन्दर्भमा आज उहाँले संविधान तथा कानुनविद्सँग सो सम्बन्धमा परामर्श गर्दै संसद्बाट सबै अङ्ग पुगेको, सभामुखले प्रमाणित गरिसकेर बाटोमा रोकिएको विधेयकला�. . .


पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयको. . .


ग्रामथान सवारी दुर्घटना अपडेट : स्कुटी चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ । बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट प्रदेश १ – ०५ –००१ प ३८६० नम्बरको स्कुटीमा सवार उदयपुर त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो । �. . .


धनकुटामा जारी भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी

धनकुटा । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर (पेनाल्टी) मा ४–२ गोल अन�. . .


पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि आ. . .