समाचार

अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट गर्नुपर्ने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ । गएको जेठ २ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस�. . .


रुपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु

भैरहवा । रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो । घटनामै परेका शिशुको आमासहित दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताउनुभ. . .


गुजरात पुल दुर्घटनाः एक सय ४१ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिए. . .


चुनावमा सदर मत बढाउन मतदाता शिक्षा : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई घनिभूतरुपमा अघि बढाउने भएको छ । आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत स. . .


उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न

महोत्तरी । मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी �. . .


यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको. . .


बुढीगंगाको नितेस पेट्रोलपम्पमा आगलागी हुँदा घाईते कर्मचारीको मृत्यु

विराटनगर । गत कार्तिक ७ गते बुढीगंगा–४ स्थित नितेश पेट्रोलपम्पको काउन्टरमा आगलागी हुँदा घाईते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । बिद्युत सर्ट भएर आगलागी हुँदा विराटनगर–४ का गान्धी मण्डल र अशोक चौधरी घाईते भएका थिए । घाईतेमध्ये गम्भीर घाईते मण्डलको टिचिङ अस्पताल काठमाण्डौंमा उपचारका क्र. . .


उर्लाबारीमा छठ पूजास्थलमै छुरा प्रहार, १४ वर्षीया बालकको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक किशोरको हत्या गरिएको छ । उर्लाबारी–७ मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटलमा भर्ना गरिएको थियो �. . .


माओवादीले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने, यस्ता छन् विशेषता

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्�. . .


मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा समेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्�. . .


उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न(फोटो फिचर)

विराटनगर । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा सम्पन्न भएको छ । ब्रतालु भक्तजनहरुले आइतबार बेलुका जलासयहरुमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजन कृतनगरी आज (सोमबार) बिहान उदाँउदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा समापन भएको हो । सूर्य देवको . . .


छठ पर्व मनाइरहेकी चन्द भन्नुहुन्छ, ‘सबै भगवान् एउटै हुन्’

काठमाडौँ । कञ्चनपुर महेन्द्रनगरकी विमला चन्द छठ पर्व मनाउन थापाथलीस्थित बागमती नदी किनारमा निर्माण गरिएको छठपूजा स्थलमा भेटिनुभयो । आफ्ना बच्चासहित साँझ छठपूजा स्थलमा भेटिएकी चन्द हरेक वर्ष झैँ यो वर्ष पनि छठ पूजा गर्न र आपसमा खुसी साट्न आएको बताउनुभयो । रासससँग कुराकानी गर्दै चन्दले भन्नुभयो, “च. . .