समाचार

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ द�. . .


व्यापार घाटा तीन खर्ब ५९ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ । सो अवधिमा देशको कूल व्यापार रु चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागल�. . .


माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा�. . .


दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’

भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ । संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको. . .


जमिनका उत्पादन सूर्यलाई अर्पण

विराटनगर । जमिनमा उत्पादन भएका फलफुल र अनाज सूर्यलाई अर्पण गरेर प्रकृतिलाई जोड्ने छैठ पर्वमा आइतबार र सोमबार श्रद्धालुले जलासयमा पूजाआराधना गरेर मनाउँदैछन् । यो वर्ष आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिनका लागि भक्तजन साजसज्जा भएका जलासयमा पुगेका छन् । सजाएर चिटिक्क पारि�. . .


पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरेँ :अध्यक्ष ओली

सुरुङ्गा (झापा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताउनुभएको छ । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बता�. . .


विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आउनुभएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाउनुभएको छ । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उहाँको परिचय अहिले फेरिएको छ । फलामलाई आकार दिन . . .


अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरमा भक्तजन सिंघिया, केशलिया र नहर किनारमा

विराटनगर । अस्ताउँदो सुर्यलाई आराधना गरेर आज छैठलाई अर्घ दिदैंछ । विराटनगरका सिंघिया, केशलिया र सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा श्रद्धालुको भक्तजनको भीड सुरु भएको छ । आस्था र श्रद्धामा आधारित छैठमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वाससहित शनिबारदेखि व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सू�. . .


छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्. . .


छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै

जनकपुरधाम । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको �. . .


विराटनगरमा खगोलिय पिण्डहरू टेलिस्कोपको माध्यमबाट अवलोकन

विराटनगर । नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) र नगर बालक्लब सञ्जाल, विराटनगरद्वारा संयुक्त रुपमा आदर्श माध्यमिक विद्यालयमा आयोजित 'स्टार पार्टी' शनिवार साँझ सम्पन्न भएको छ। शनिवार आयोजित सो कार्यक्रममा १५० भन्दा बढी मानिसहरूको सहभागितामा खगोलिय पिण्डहरू टेलिस्कोपको माध्यमबाट अवलोकन गराइएको थियो।. . .


छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना व. . .