समाचार

रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा �. . .


यी हुन् प्रदेश १ मा माओवादी केन्द्रका २६ उम्मेदवार, १३ नयाँ अनुहार, १३ पुरानै

विराटनगर । प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो । प्रतिनिधिसभातर्फ माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत. . .


प्रतिनिधिसभाको प्रत्यक्ष प्रतिस्पर्धामा दुई सय ३१ महिलाकाे उम्मेदवारी

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् । निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१ महिलाले उम्मेदवारी दिएका हुन् । उम्म�. . .


मुख्ममन्त्रीद्वारा भोजपुर (क) र पूर्वमुख्यमन्त्रीद्वारा प्रतिनिधिसभामा मनोनयन दर्ता

भोजपुर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रदेश नं १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । मुख्यमन्त्री राईले भोजपुर प्रदेशसभा (क)बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । मुख्यमन्त्री राईले मुख्य निर्वा�. . .


प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता सम्पन्न, महिलाको सङ्ख्या न्यून

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । दर्ता भएका उम्मेदहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ । मनोनयनपत्र दर्ता . . .


गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रत्यक्षतर्फ उहाँले मनोनयन दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता गराएपछि अधयक्ष नेपालले �. . .


बागी उठेकालाई उम्मेद्वारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश १ को निर्देशन

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले गठबन्धनका उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले आज अबेर एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । उ. . .


ग्रामथान ससुराली आउँदा बालिका करणी आरोपमा पक्राउ

विराटनगर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी सप्तकोशी नगरपालिका-१ घर भएका ३९ वर्षीय उत्सव आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मोरङकाे ग्रामथान गाउँपालिका-२ स्थित ससुराली घर गएका आचार्यले गत शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ �. . .


सायंकालमा गरियो धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आज सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइँदै छ । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महाल. . .


उम्मेदवारको प्रतिबद्धता : राष्ट्र र जनहितमा काम गर्छौँ

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दलका नेताले पार्टीको चुनावी घोषणापत्रको प्रतिरक्षा गर्दै राष्ट्र र जनहितमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएक. . .


पर्यटनमन्त्री श्रेष्ठद्वारा काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सचिव श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको उ�. . .


नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा मधेश प्रदेशको विजयी सुरुआत

कास्की । गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । मधेसले आयोजक गण्डकी प्रदेशमाथि ४�. . .