समाचार

चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानमा भूकम्प: सात जनाको मृत्यु

चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा भूकम्प गएको छ । ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ । रासस/सिन्ह्वा फोटो:फाइल. . .


एमालेका अध्यक्ष ओलीको नाम झापा ५ बाट सिफारिस

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । क्षेत्र नं १ बाट रविन कोइरालाको ए�. . .


भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर�. . .


‘सामसङ ग्यालेक्सी ए १३’ नेपालमा सार्वजनिक

काठमाडौं । 'सामसङ ग्यालेक्सी ए १३' फोन नेपालमा सार्वजनिक भएको छ। उक्त फोन सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित रहेको बताइएको छ । सामसङले सामान्यतया मिड रेन्ज र सो भन्दा माथिको महँगा फोनमा ५,००० एमएएचको क्षमताको ब्याट्री उपलब्ध गराउने गर्छ । तर यो पटक भने सामसङले मिडरेन्ज भन्दा सस्तो स्मार्टफोनम. . .


जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने रतुवामाईका सुब्बा पक्राउ

काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुने गरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ३ लाख रुपैयाँ लिई सम�. . .


विराटनगरबाट ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका जहदा गाउँपालिका-�. . .


जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

सर्लाही । हरिवन नगरपालिका-१ स्थित छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय तेज बहादुर गोले लगायत १२ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ७१ हजार ६ सय नेपाली रूपैयाँ, २ सय ५० भारतीय रूपैयाँ, कौडा, तास र ८ थ�. . .


लखनऊको होटलमा आगलागी: दुई जनाको मृत्यु, दश घाइते

उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । यसैबीच, उत्तर प्रदेशका मुख्�. . .


अमनलाई गोपीको अग्रिम अन्तर्घात, माओबादी नेताको एमालेलाई साथ

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङमा उमेदवार छनौट सुरु भएको छ । आ–आफ्ना दलले संघ र प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उमेदवारको नाम धमाधम टुङ्गो लगाईरहेका छन् । निर्वाचनमा होमिने तयारीसहित उमेदवारहरु पनि गाउँगाउँमा प्रचारमा लागिसकेका छन् । सत्. . .


बङ्गलादेशका प्रधानमन्त्री भारत भ्रमणमा आउँदै

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको चारदिने भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । कोभिड–१९ महामारी सुरु भएयता उहाँको यो पहिलो भारत भ्रमण हो । भ्रमाणका क्रममा उहाँले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नुहुने छ भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्ष�. . .


मुख्यमन्त्रीलाई मातृशोक

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज सोमबार बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्व. . .


सप्तरीको सिङ्गो दलित बस्ती शौचालयविहीन

जनकपुरधाम । सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ�. . .