समाचार

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–. . .


ताप्लेजुङमा आठ घर पहिराले बगायो

फुङ्लिङ । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं �. . .


अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । नागार्जुन नगरपालिका-६ जयन्तीगाउँ डेरा गरी बस्ने भक्तपुर नगरपालिका-४ घर भएका ५१ वर्षीय राजन भेलेलाई नियन्त्रित लागूऔषध डाइजेपाम २ सय ४५ एम्पुल, फेनारगन २ सय ७६ एम्पुल र नुर्फिन २ सय ७३ एम्पुल सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो कोठामा लागूऔषध संचय गरी कारोबार गरिरहेको भन�. . .


ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

फुङ्लिङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । पछिल. . .


मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

विराटनगर । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदल�. . .


जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

जाजरकोट । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हँुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम �. . .


तनहुँमा पाठ्यपुस्तक अभाव

दमौली । नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् । विशेषगरी कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्रायः सबै क�. . .


हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्�. . .


बलुचिस्तानमा तीन मजदुरको गोली हानी हत्या

बलुचिस्तान प्रान्तको हर्नाई जिल्लामा रहेको एक श्रम शिविरमा बन्दुकधारीहरूले गोली चलाउँदा तीन कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्। प्रहरी स्रोतलाई उद्धृत गर्दै डनले जनाए अनुसार शुक्रबार करिब १०० जना कामदारसहितको श्रम शिविरमा बन्दुकधारीले गोली चलाएको थियो। जियो न्युजक�. . .


मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गर्नुभएको छ । उहाँले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गर्नुभएको ह. . .


सरकारले एसपिपी खारेज गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गरिने बताउनुभएको छ । पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सर�. . .


इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु

चितवन । माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् । कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार. . .