समाचार

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ । भ�. . .


भाटभटेनी सुपरमार्केटको नाममा साइबर आक्रमण

काठमाडौं । भाटभटेनी सुपरमार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ । प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमा स्क्याम लिङ्क फैलाइएकाे हाे । उक्त लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइटको इन्टरफेस देखिन्छ, जहाँ सबैभन्दा माथि 'बधाई' लेख�. . .


नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिताविपरीतका काम गरेको भन्दै स्पटीकरण सोधेको छ । आयोगले नगरपालिकाले तय गरेको विशेष अधिवेशन स्थगन गरी निर्वाचन आचारसंहिताविपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस �. . .


विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उहाँको घरमा मोटरसाइकल अवलोकन गर्नेक. . .


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः उत्साहित खेलाडी, न्यून दर्शक

पोखरा । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा उत्सव हो । अहिले कास्कीलगायत गण्डकी प्रदेशका आठ जिल्लामा विभिन्न ३६ खेलमा छ हजार बढी खेलाडी मैदानमा उत्रेर आफ्नो खेल प्रदर्शन गरिरहका छन् । यद्यप�. . .


लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्. . .


भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरम�. . .


मोरङमा निर्वाचन तयारी

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ मतदान रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क�. . .


झापामा भतिजालाई गोली प्रहार गरी काका मृत अवस्थामा फेला

झापा । झापाको गौरादह नगरपालिका-८ स्थितमा आफ्नै भतिजा १५ बर्षीय हेमराज साहलाई गोली प्रहार गरी ३५ बर्षीय काका बिरन साह गोली लागि मृत अवस्थामा फेला परेका छन् । मंगलबार साँझ ७ बजे गौरादह-८ जुरोपानीका बिरन साहले आफ्नै दाई उमेश साहको छोरा हेमराज साहलाई वाद बिवाद हुँदा गोली प्रहार गरी घाईते बनाई बिरन साह घर�. . .


आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगले आचारसंहिता उलङ्घन भएमा काबाहीको चेतावनी समेत दिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल�. . .


एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ । पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक �. . .


सोमालियामा बालबालिकामा कूपोषणको समस्या झन् बढ्ने

संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ । सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदे. . .