समाचार

अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ

मकवानपुर । भिमफेदी गाउँपालिका-९ चुनियाबाट ९६ किलो ८ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका-९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका-१० बलमटार �. . .


‘मल पनि छैन सिँचाइ पनि छैन ’

टीकापुर । मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन् । धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा जुटेका छन् । अहिले उनीहरु दैनिक रुपमा जानकी गाउँपालिक�. . .


प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदीप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले सांसदहरूले उठाएक�. . .


प्रदेश नं. १ को नामाकरण टुङ्याउन काँग्रेस र एमालेको सहमति

विराटनगर । प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले कांग्रेस संसदीय दलसँग छलफल गरेको छ । उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले कांग्रेस संस�. . .


प्रदेश नं. १ मा थपिन सक्छन अझै ५ मन्त्री

विराटनगर । प्रदेश १ सरकारले पुनः सरकार विस्तार गर्न सक्ने बताएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा मन्त्री र मन्त्रालयको संख्या बढाएर खर्च बढेको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । प्रदेशसभामा नेकपा एमालेका सांसदहरुले ७ वटा मन्त्रालयलाई विभा�. . .


महानगरको आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कार्यपालिकामा छलफल सुरु भएको छ । कार्यपालिकामा बजेट सिलिङ र मार्गदर्शनका विषयमा छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । कार्यपालिकाको बैठकमा क्षेत्रगत र वडागत बजेट सिलिङका विषयमा छलफल भएको उहाँक�. . .


समाजसेवी गोयल दाजुभाइद्धारा चिसो पानीको मेसिन प्रदान

विराटनगर । नेपाल अग्रवाल महिला मञ्चले मालपोत कार्यालय मोरङ र मोरङ जिल्ला अदालतमा आउने सेवाग्राहीका लागि चिसो पानीको मेसिन लगाइदिएको छ । निर्जला एकादशीको अवसर पारेर यही जेठ २८ गते मञ्चले चिसो पानीको मेसिन जडान गरिदिएको हो । विराटनगर महानगरपालिकाका नव निर्वाचित प्रमुख नागेश कोइरालाले मेसिनको उद्घा�. . .


मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रिय सभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रिता पासवानक�. . .


सुनसरीमा चुरोटको निहुँमा दाजुले गरे भाईको हत्या

विराटनगर । आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ। देबराजले खुकु�. . .


अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर । बकैया गाउँपालिका-५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका-१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई प. . .


पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ५३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ६ रहेको छ ।. . .


‘सदनमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्छ’

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद भानुभक्त ढकालले प्रतिपक्षले सदनमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रीले जवाफ दिने परम्परा रहेकाले सत्तापक्षका सांसदलाई जवाफ दिने भूमिका प्रदर्शन नगर्न आग्रह गरेका छन् । विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वा�. . .