समाचार

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन असोज २३ गते हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको स�. . .


क्रिकेट सङ्घबाट सन्दीप निलम्बित

काठमाडौं । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसम�. . .


थप दुई सय २७ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय १८ जनाले पिसिआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथ. . .


अन्तिम समयसम्म सङ्घर्षमा रहन्छु : अध्यक्ष दाहाल

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय शहीद घोषणा गर्ने सङ्घर्ष अझै जारी रहेको बताउनुभएको छ । उहाँले जनयुद्धदेखि विभिन्न कालखण्डमा मारिएका व्यक्तित्वलाई राष्ट्रिय शहीद घोषणा गर्ने आन्दोलन आजसम्म चलिरहेको बताउनुभएको हो । शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल. . .


विराटनगर विमानस्थल पुग्नै सकस, साँझपछि आउने यात्रु सडकको पार्किङले अलमलिन्छन्

विराटनगर । विराटनगर विमानस्थलको पहुँच पुग्ने एयरपोर्ट रोडको दायाँबायाँ मापदण्ड बिनाका होटल खुल्दा सेवाग्राहीको सवारीले सडक जाम हुन थालेको छ । एयरपोर्ट पुग्ने यात्रुलाई असहज हुने गरि होटलमा पुगेका सेवाग्राहीले सडकलाई पार्किङ्गस्थल बनाउँदा अस्तव्यस्त हुन थालेको हो । पछिल्लो तीनवर्षको अवधीमा एयर. . .


स्थानीय तहले अल्झाए जग्गाको कित्ताकाट

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरमा गत वर्ष २०७८ साउन महिनामा २ हजार ६४९ वटा लिखत पास भएका थिए । सात करोड ५७ लाख रुपिँया राजश्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक हजार १६९ वटा मात्रै लिखत रजिष्ट्रशन पास भएपछि राजश्व २ करोड ४२ लाख रुपिँया मात्रै संकलन भएको छ । मोरङका स्�. . .


४८ हजार बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र

काठमाडौं । नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ । भूमिको स्वामित्वलाई राज्यले मौलिक हकको रुपमा परिभाषित गरेको सन्र्दभमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले योजनावद्ध रुपमा ‘को. . .


युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ । सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थ. . .


बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिवद्धता

बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गर्नुभएको थियो । तर कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चा. . .


पितृ बुझाउने र भूमि पूजा गर्ने चेपाङको न्वागी पर्व

मलेखु । नेपालका जातिअनुसार रोचक र अनौठा किसिमले पर्वहरू मनाइन्छ । यहाँका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ राष्ट्रिय पर्व हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो । पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वको रूपम�. . .


सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव

पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्य�. . .


गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस् : नेता डा कोइराला

महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार ग�. . .