समाचार

बेलवारी प्रहरीको नव निर्मित भवन उद्घाटन

विराटनगर । ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्. . .


विराटनगर बिद्युत बारम्बार अवरोध, आपूर्ति प्रणालीमा छैन समस्या

विराटनगर । विराटनगर–३ पोखरीया स्कूल पछाडी मंगलबार दिउँसो बिद्युत सर्ट भयो । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको टोलि तत्काल परिचालित गरिएको प्राधिकरणले जानकारी दियो । बिहान ९ बजे ११ केभीए प्रसारण लाइन अन्तर्गत नहर फिडरमा ट्रिपिङको समस्या देखियो । यहाँ दुई दिन अगाडी ट्रान्सफर्मर जलेर �. . .


धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

धनुषा । आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनास�. . .


यस्तो रहेको छ एन्ड्रोइड १३ का आकर्षक नयाँ फिचरहरू

काठमाडौं । एन्ड्रोइड १३ विश्वभर विभिन्न डिभाइसमा उपलब्ध भइरहेको छ । यसमा भएका नोटिफिकेसन, फोटो पिकर लगायतका आकर्षक फिचरले प्रयोगकर्तालाई उत्साहित बनाएको छ । यो फिचर पिक्सेल फोनमा भने नयाँ फोन खरिद गर्दा नै उपलब्ध हुन्छ । अन्य एन्ड्रोइड फोन निर्माताले भने यो फिचरका लागि धेरै तयारी गरेका छन् । यदि तपा�. . .


कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्. . .


ज्यानै लिने कोइलीखोला, विसं २०३९ देखि पुल माग्दै भलवाडवासी

बुद्धभूमि (कपिलवस्तु) । जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष कालजस्तै बन्दै आएको छ । गएको साउन महिनामा एक दम्पतीलाई बिहानपख जङ्गलबाट घर फर्कने क्रममा दिलबहादुर सुनार र राममाया �. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य मंगलबार पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी मूल्य तोलामा एक हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको म�. . .


शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रमको (सिपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ । अष्ट्रियामा जारी उक्त कार्यक्रममा उहाँले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपीएफ)मा हस्तारक्षर गर्नु. . .


सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजामर ८०० जना आवेदकले १० कित्ताका दरले शे�. . .


दुहबीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी । सुनसरीको दुहवीस्थित नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत कर्मचारी करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ। दुहबी नगरपालिका-३ मा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढीगंगा गाउँपालिका-४ का ४१ बर्षीय महमत साबिर मियाको करेन्ट लागेर मृत्यु भएको हो । सोमवार बेलुक�. . .


रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने

काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको प्रवेश गर्ने भएका छन्। स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेशको गर्न लागेका हुन्। राप्रपाले उनलाई वरिष्ठ उप. . .


मनास्लु हिमपहिरा : एक जनाको मृत्यु, १०को सकुशल उद्धार

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । मृतक रा�. . .