समाचार

द्वन्द्वपीडितकोे न्यायको निम्ति सरकार प्रतिबद्ध छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (काइराला) ले शान्ति सम्झौता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको प्रतिबद्धता अनुरुप सशस्त्रद्वन्द्वको क्रममा पीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत बेपत्ता पारिएका व्य�. . .


नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ । उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मा�. . .


पदाधिकारीको नेतृत्वमा उपत्यकाको पार्टी संरचना : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले काठमाडौँ, भक्�. . .


नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन �. . .


सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छ�. . .


दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ । केही द. . .


विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय . . .


८५ दिनमा छ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण

काठमाडौं । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै रु छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यस�. . .


मिटरब्याजीले जग्गा हडप्पेपछि गरिबीसँगै सुकुम्वासी थपिदैं

विराटनगर । साँवामा ब्याजको ‘मिटर’ चलाएर ऋण लगानी गर्नेहरुले नयाँ सुुकुम्वासी र भूमिहिन जन्माउने गरेका छन् । अफ्ठ्यारोमा परेको बेला काबुमा राखेर ऋण लगानी गर्नेहरुले ‘तमसुक’को आडमा लाखबाट करोड असुल्दै आएका हुन् । मिटरब्याज अपराध नियन्त्रणका लागि गृहमन्त्रालयद्वारा गठित कार्यदलले मोरङका पीडितसँग. . .


कोरोना सङ्क्रमण भारत, पाकिस्तान र मलेसियामा क्रमशःकम हुँदै

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशःघट्दै गएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना शुरु भएबाट हाालसम्म पाँच लाख २७ हजार सात सय �. . .


मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयाअनुसार विहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प आएको थियो । भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारी. . .


कसरी मनाउँछन् तेस्रोलिङ्गीले तीज ?

काठमाडौँ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् । “तीज पर्व आफ�. . .