समाचार

साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

काठमाडौं । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ । तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्�. . .


मिस कोशीका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा पुगेका २६ जना प्रतियोगिहरूले आ-आफ्नो प्रतिभा देखाएका छन् । सुनसरीको इटहरीमा गरिएको मिस ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । उनीहरूले गीत, नृत्य, कविता, कथा, कुकिङ्ग, खेललगायतका विभिन्न प्�. . .


नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन

कास्की । गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ । प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्मको नवौँअन्तर्गतका खेल खेलाउने योजना यसअघि राष्ट्रिय खेलकुद परिषद्(राखेप)को थियो । सबै ज�. . .


भोजपुरकाे सात दशकभन्दा पुरानो ऐतिहासिक पुस्तकालय बन्द

टक्सार (भोजपुर) । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो । राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी च�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय १२ दशमलव ७४ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव ३९ अङ्कले ओरालो लागेर त�. . .


विराटनगरको जुटमिल खेल मैदानमा प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप हुने

प्रेम देवान विराटनगर । विराटनगर रानीमा रहेको जुटमिलको खेल मैदानमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप २०७९’ प्रतियोगिता हुने भएको छ । आयोजक मिल्श भेट्रन्स क्लब रानीले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १ गतेबाट प्रतियोगिता हुने जनाएको छ । पत्रकार सम्मेलनमा खेल �. . .


हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएको वेबसाइट निःशुल्क सरकारी विद्यालयलाई

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी चार वटा सामुदायिक विद्यालयको वेबसाइट सोम�. . .


प्रतिभाको सम्मान चेतनाको सम्मान : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बत�. . .


‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने

काठमाडौं । ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने भएको छ । फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अब भने दुबै भर्सन एकैपटक प्रदर्शन हुने भएको छ । फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्श�. . .


छैटौं साफ महिला च्याम्पियनसिप : नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दै छ । सोमबार साँझ ५:३० बजे त्रिपुरेश्वर दशरथ रंगशालामा हुने खेलमा जितको लक्ष्यका साथ नेपाल मैदानमा उत्रँदै छ। सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यस खेल निकै महत्त्वपूर्ण छ। समूह 'बी'मा रहेको नेपालले आफ्नो �. . .


रङगेलीबाट चार लाख बराबरको अबैध समान बरामद

विराटनगर । मोरङको रङगेली नगरपालिका-७ बाट चार लाख बराबरको अबैध समान बरामद भएको छ । सोमबार बिहान १२:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो । बरामद भएको कपडा आवश्यक कारवाहीक�. . .


विराट मेडिकल कलेजले मनायो विश्व आत्महत्या रोकथाम दिवस

विराटनगर । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा विराट मेडिकल कलेजले विभिन्न कार्यक्रम गरि मनाएको छ । "कार्यहरु मार्फत आशालाई जगाउने " भन्ने नारासहित सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस कलेजले विभिन्न कार्यक्रम गरि मनाएको हो । उक्त अवसरमा विराट मेडिकल कलेजमा अध्ययनरत सातौं व्याचका विद्या�. . .