समाचार

प्रतिनिधिसभाबाट तीन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृ. . .


श्रीश्री रविशंकर विद्या मन्दिरमा वैदिक गणितको अभिमुखिकरण

विराटनगर । विराटनगर-२ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले वैदिक गणितको एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको छ । विद्यालयले स्कुलका विद्यार्थी, शिक्षक एवं अभिभावकलाई समेत सहभागीता गराएर एकदिने वैदिक गणितको अभिमुखिकरण गराएको हो । वैदिक गणितको अभिमुखीकरण कार्यक्रमका मुख्य प्रशिक्षक भार. . .


भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार ९३०, दक्षिण कोरियामा १८ हजार ५११, पाकिस्तानमा ८७२ जना मलेसियामा तीन हजार ५६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३�. . .


पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय १५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८८ हजार ६ सय ४४ जनाले खोप लगाएका छन्। हाल देशभर कोरोना�. . .


नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.४२ अङ्कले ओरालो लागेर ३८५.४९ मा ओर्लेको छ । कू�. . .


सांसदको प्रश्न: किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्ति�. . .


खोटाङ रावाबेँसी गाउँपालिकाका दलित महिला सदस्य मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला पर्नुभएको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला पर्नुभएको हो । माइतीतर्फका हजुरबुवाको मृत्यु भ�. . .


काठमाडौँमा साझाका विद्युतीय बस सरर

काठमाडौँ । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो ।प्रालिले आज तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् । ती बसमध्य�. . .


मन्त्रीलाई कामको विवरण उपलब्ध गराउन अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए÷गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेर देश र जनताको पक्षमा भए÷गरेका सकार�. . .


सुनसरीको कोसी गाउँपालिकाद्वारा किसानलाई भैँसी वितरण

विराटनगर । किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी बजारीकरणको समेत व्यवस्था गर्ने भएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत भैँसी ब्लक विकास समन्वय समिति को�. . .


विराटनगरले कवाडी कर बढाउन खोजेको भन्दै व्यवसायीको विरोध

विराटनगर । विराटनगर महानगरपालिकाले कवाडी तथा निकासी करका लागि बोलपत्र आह्वान गरेपछि व्यवासायीले विरोध जनाएका छन् । महानगरपालिकाले आगामी आर्थिक वर्षमा कवाडी र निकासी करको शुल्क बृद्धि गर्दै बोलपत्र आह्वान गरेको हो । महानगरले आर्थिक वर्ष २०७९÷२०८० का असार ३ गते ७५ लाखमा बोलपत्र खुलाएको थियो । गतवर्ष . . .


विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ । प्रतिनिधि सभाबाट पारित गरिएको उक्त विधेयक आज राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गर्नु भएकामा सर�. . .