समाचार

भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै . . .


गृहमन्त्री खाँणद्वार मेलम्ची खोलाको पुल उद्घाटन

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक . . .


हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

बैतडी । लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो । यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ । अत्यधिक चिसो बढेकाले सकेसम्म . . .


पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। दुर्घटनाग्रस्त विमानमा नेद�. . .


अधिकारी र भण्डारी पुरस्कृत

विराटनगर । नेकपा (एमाले)का नेता भानुभक्त ढकालले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्नुपर्ने माग गर्नु भएको छ । एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता ढकालले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताउनु भएको हो । स्थानीय तहको निर्वाचित जनप्र�. . .


उखुबारी हत्याकाण्डमा संलग्न थप दुईजना पक्राउ

विराटनगर । मोरङको धनपालथान–७ र ललितपुरको ठोचेमा तीन व्यक्तिको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । मोरङ प्रहरीले उनीहरुलाई आज राती पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज–६ का १८ वर्षीय हकिम मन्सुरी र रंगेली–३ . . .


मोरङको बुढीगंगामा एनसेलको सिम बेच्दै हिड्नेबाट गाँउले नै ठगिएपछि

विराटनगर । हातभरी एनसेल कम्पनीको काजगपत्र भएका फर्म । हेर्दा झन्डै २०–२१ बर्षका युवा देखिन्छन् । कालो कलरको पल्सर बाईकमा कुनै गाँउमा पुग्छन् । उनको हाउभाउ देख्दा उनी एनसेलको अफिसबाट नै त्यो गाँउमा पुगेको भान हुन्छ । आफुलाई अजय साह अनि घर रंगेली हो भन्दै हातभरी एनसेलको फर्महरु बोकेर एउटा गाँउको बस्ती�. . .


मधेस प्रदेशसभाबाट चार वर्षमा ४४ विद्येयक पारित

जनकपुर । प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइरहेको छ । प्रदेशसभा स्थापनाको चार वर्ष बित्नै लाग्दा गत माघ ३ गते मात्र प्रदेशको नाम ‘‘मधेश” र राजधानी ‘‘जनकपुरधाम” टुङ्ग्याउन स. . .


काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुव�. . .


देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण

काठमाडौँ । सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसके�. . .


आइतबारदेखि मौसममा सुधार

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा �. . .


सुनसरीको लौकहीमा सवारी दुर्घटना : ३ जनाको मृत्यु, दर्जनौं घाईते

विराटनगर । सुनसरीको लौकहीस्थित खुनिया पुलमा बस र ट्रक जुध्दा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा बस चालक सहित ३ जनाको मृत्यु भएको हो । साँझ ७ बजेर १९ मिनेटमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बर यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ सिमेन्ट बोकेर आउँदै. . .