समाचार

नेपाल प्रहरीको प्रवक्तामा केसी

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ । नेपाल प्रहरीद्धारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगत रुपमा सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि आज केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो । प्रवक्ता केसी हाल �. . .


कोभिड–१९ को वृद्धिपछि तमिलनाडु सरकारद्वारा जनवरी ३१ सम्म विद्यालय बन्द गर्ने घोषणा

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ । राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ । तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यमा कोभिड–१९ को महामारी पुनः बढ�. . .


प्रयोगशालाका कर्मचारीमा कोभिड देखिएपछि पिसीआर परीक्षण बन्द

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो । अस्प�. . .


सांसद भण्डारीलाई कोरोना पुष्टि

बैतडीबाट निर्वाचन प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा सांसद भण्डारीलाई कोरोना पुष्टि भएको उहाँका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका भण्डारी यसअघि गत हप्ता प्रदेशका विभिन. . .


खोप लगाउने दर बढ्दै

सुदूरपश्चिम प्रदेशमा केही हप्ता अघिसम्म सुस्त रहेको कोरोना भाइरसविरुद्धको खोप लागाउने दर पछिल्ला दिनमा बढेको छ । कोरोना सङ्क्रमणदर बढेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक�. . .


नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइर�. . .


चिया कारखानामा आगलागी हुँदा ठूलो क्षति

इलाम । इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयासमा छ । आगलागीबाट ठूलो क्षति भएको छ । पूर्णरूपमा आगलागी नियन्त्रण नभई के–कति क्षति भयो भन्नेबारे जानकारी आ. . .


११ केजी चाँदीसहित एक भारतीय नागरिक पक्राउ

बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आज ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतीहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको हो । वीरगञ्जबाट पथलैयातर्फ जाँदै गर�. . .


हतियारसहित एक युवक पक्राउ

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा हतियार लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले एक थान म्याग्जिनसहित �. . .


सुदूरपश्चिम : थप १८४ मा सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज थप १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत सात र एन्टिजेनमार्फत १७७ जनामा पुष्टि भएको हो । पीसीआरमार्. . .


दश वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काँग्रेस प्रदेश सदस्य पक्राउ

विराटनगर । मोरङको टंकीसिनवारी–१ मा १० बर्षीया बालिका यौनदुव्यवहा गरेको आरोपमा ५० वर्षीय पुरुषलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते बेलुकी पसलमा काम गरिरहेकी बालिकालाई शौचालय जाने क्रममा यौनदुव्यवहार गरेको पीडित बालिका र आफन्तको आरोपपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाका बुबाआमा . . .


सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ । आज मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्दै सङ�. . .