समाचार

जग्गा ठगी प्रकरण : वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ. . .


नौ वर्षमा बनेन फोक्सिङ्टार पुल

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौत�. . .


ब्राउनसुगरसहित दुई पक्राउ

झापा । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई शनिबार इलाका प्रहरी कार्या�. . .


पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदैछ : ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गर्नुभएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले विगतको तुलनामा विद्युत सस्तो भएको र खाना पकाउने ग्यासस�. . .


एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न

विराटनगर । एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ । विभिन्न हाउसहरुबीच तीन चरणमा भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो । कक्षा ३, ४ र ५ बीच भएको खेलमा गण्डकी हाउस विजेता भएको छ । गण्डकी हाउसले कोशी हाउसलाई ३– १ ले पराजित गर्दै गण्डकी हाउसले उपाधि जितेको छ । गण्डकीको तर्फबाट कक्षा प�. . .


नेपाल बैंक लिमिटेड र न्यूरो अस्पतालबिच द्विपक्षीय सम्झदारीमा हस्ताक्षर

विराटनगर । विराटनगरस्थित नेपाल बैंक लिमिटेड र न्यूरो कार्डियो मल्टिस्पेशियालिटी हस्पिटलबिच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । न्युनतम छुटका साथ बैंकका कर्मचारी तथा ग्राहकको उपचार सम्बन्ध बैंक र अस्पतालबिच द्विपक्षीय समझदारी भएको हो । शनिबार बैंकक तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत. . .


दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको क�. . .


बर्डफ्लु भेटिएपछि सीमानाका साँगामा उच्च सतर्कता

काभ्रेपलाञ्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थ�. . .


जसपा संघीय परिषद् बैठक : अध्यक्ष भट्टराईको प्रतिवेदनमाथि छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनउपर छलफल भइरहेको छ । जसपाको केन्द्रीय कमिटी बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । क�. . .


सात महिनामा झण्डै १३ अर्बको धान आयात

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ । सो अवधिमा बङ्गलादेशबाट रु.१४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानकाे बीउ आयात भएको छ । केही वर्षदेख. . .


प्रदेश १ सरकार शिक्षामा नयाँ नीति अख्तियार गर्दै

विराटनगर । वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्द. . .


निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नागरिकको हैसियतले कर्मचा�. . .