समाचार

मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभाव�. . .


लगातारको वर्षाले इट्टा उद्योगमा अर्बौंको क्षति

धनुषा । बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इट्टा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इट्टा उद्योगमा क्षति पुगेको छ । तयारी अवस्थामा रहेका करोडौं रुपियाँ मूल्य बराबरको काँचो इट्टा लगातारको वर्षाले नष्ट भएका छन् । अहिल�. . .


स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङ्जा । आज बिहान स्याङ्जामा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । बिहान बिरुवाबाट खालीतर्फ जाँदै �. . .


प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङ । लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष आठ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङल�. . .


सिंघीया–केसलिया करिडोर निर्माण र मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र भारत बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच भेटघाट तथा छलफल भएको छ । नेपाल भ्रमणमा रहनु भएका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबीच काठमाण्डौंमा शुक्रबार भेटघाट तथा छलफल भएको हो । त्यस क्रममा विराटनगरको सिंघीया–�. . .


दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा . . .


दुई वर्षदेखि बन्द भएको छोटी भन्सार सञ्चालनमा आउन सकेन

भजनी । कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द छ । कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालयको परिसर पनि निकै नाजुक अव�. . .


जहाज थप्दै श्री एयरलाइन्स

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवर्धनकाे काम अघि बढाएको हो । कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहा�. . .


भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ । सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै . . .


गृहमन्त्री खाँणद्वार मेलम्ची खोलाको पुल उद्घाटन

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक . . .


हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

बैतडी । लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो । यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ । अत्यधिक चिसो बढेकाले सकेसम्म . . .


पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। दुर्घटनाग्रस्त विमानमा नेद�. . .