समाचार

एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाट�. . .


प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपु�. . .


योगदान, क्षमता र दक्षताका आधारमा उम्मेदवार चयन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि काँग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको �. . .


लमजुङमा भूकम्पको धक्का

लमजुङ । यहाँ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताए�. . .


रमाइलोबाट ब्राउन सुगरसहित चारजना पक्राउ

विराटनगर । कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् । प्रहरी चौकी . . .


पूर्वमुख्यमन्त्री आचार्यको वडामा नेकपा एकीकृत समाजवादीको कमिटी गठन

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को वडा कमिटी गठन भएको छ । साबिकमा मधेसा गाविस रहेको उक्त वडामा दुर्गानारायण चौधरी(लालु) को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो । यो वडा प्रदेश नं.१ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य भीम आचा�. . .


ब्राउनसुगर सहित २ जना भारतीय नागरिक पक्राउ

झापा । झापाको मेचिनगर नगरपालिका वडा १५ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ बस्ने २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् । शनिबार दिउँसो करिब ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उन�. . .


प्रदेश १ मा ८ जना मन्त्री थप, यी हुन नवनियुक्त मन्त्रीहरु

विराटनगर । दलीय भागबण्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेको प्रदेश नं. १ सत्तारुढ गठबन्धनले आईतबार मन्त्रिपरिषद विस्तार कार्यलाई पुर्णता प्रदान गरेको छ । चौतर्फी आलोचना र विरोधका बाबजुद सत्ता गठबन्धनले आईतबार विभाजित मन्त्रालय अनुसार मन्त्रिपरिषद विस्तार गरेको हो । प्रदेश नं. १ सरकारको ६ सदस्यीय म�. . .


भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाखभन्दा बढी

कोभिडबाट भारतमा मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो । सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएक. . .


टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

टर्कीका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना सङ्क्रमण भएको उहाँले जानकारी दिनुभएको हो । उहाँले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिनुभएको छ । शनिबार ट्वीट गरेर उहाँले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोने�. . .


बैंकसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

चितवन । कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् । गतवर्षको तुलनामा यो वर�. . .


सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला ९२ हजार पाँच सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला ९२ . . .