समाचार

विराटनगरका नेवारी युवाहरुलाई लाखे र धिमे बाजा प्रशिक्षण

विराटनगर । नेवारी समुदायको आफ्नो मौलिक धर्म, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विराटनगर र कटहरीका स्थानिय युवा लक्षित लाखे नाच र धिमे बाजा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेवाः देय् दबु विराटनगर २ समितिको आयोजनामा कटहरी गाउँपालिका–१ स्थित कृषि बजार परिसरमा भइरहेको तालिममा विराटनगर महा. . .


अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक ः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया क्षेत्रमा भएको अराजकता, उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक महत्वपूर्ण रहेको बताएका छन् । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलमा उनले मिडिया क्षेत�. . .


राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी निर्वाचन आयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी आफूमाथि गरेको कारबाहीको विरोध स्वरुप निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि गरेको कारबाही अन्यायपूर्ण र पार्टीको विधान विपरित रहेको भन्दै उनी आइतबार उजुरी दिन निर्वाचन आयोग पुग. . .


अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन् । विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा �. . .


साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ �. . .


चालु आवको मौद्रिक नीतिमा महासंघको धारणाः अर्थतन्त्रलाई गति दिने अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८२÷८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्धारा प्रस्तुत नीतिद्धारा लक्षित लगानी बढाउन र वित्तिय क्षेत्रको जोखिम व�. . .


राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउदै

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले कानून बनाउने भएको छ । राउटे समुदायको मौलिक पहिचान संरक्षण तथा अस्तित्व रक्षाका लागि कानून बनाउन लागिएको हो । राउटे समुदायको संरक्षणका लागि आवश्यक समन्वय गर्न कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले पाँच �. . .


विराटनगरको नोवेल अस्पतालमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची

विराटनगर, साउन ४ ,  सुन्दा पनि अचम्म र आङ नै जिरिङ्ग हुने एक घटना घटेको छ । खेल्ने क्रममा अचानक उदयपुरका एक जना १५ बर्षिय बालकले कैंची नै निल्न पुगे पछि उनको पेटबाट त्यो कैंची निकालिएको हो । निज बालकले खेल्ने क्रममा अचानक कैंची निले पछि परिवारजनले घाँटीमा अड्किएको कैंची निकाल्न प्रयास गरे तर कैंची निस्कन. . .


न्याय परिषद्को बैठक बस्दै

काठमााडौं । न्याय परिषद्को बैठक आज (आइतबार) बस्दै छ। आइतबार साँझ ५ बजे बस्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन्। विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश राउतले असार महिनाभ�. . .


विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्। आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि  उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न  अनुरोध गरेका हुन् । अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्था�. . .


मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्। नेपाल प्रहरी क्लबमा आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूमध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चम. . .


उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना ःमृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं । उत्तरी भियतनामको क्वाङ निन्ह प्रान्तको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३८ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए । . . .