समाचार

टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु , घाइतेको उद्दारका लागि हेलिकप्टर पुग्यो

काठमाडौं,२२ असार– मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बेनी-जोमसोम-कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३. . .


खदम खोलामा बग्दै गरेका बालकको यसरी भयो उद्दार (भिडियो सहित)

विराटनगर, २२ असार । बिहिवार दिउँसो मोरङको खदमखोला धमिलिएर आउँदै थियो । गाउँका सबै धान रोप्न खेतमा गएका । घरमा कोही पनि थिएनन । केरावारी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा बग्ने खदम खोला धमिलिएर उर्लिँदै थियो । दिउँसोको झण्डै साढे ४ बजेको थियो । सबै धान रोपाईँमा भएकोले वडा नम्बर ७ का अमृत दुलालको घरमा पन�. . .


इटहरीमा दुईदिने प्रदेश १ स्तरीय ‘रोजगार मेला’ सम्पन्न

सुनसरी – आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन सुनसरीको इटहरीमा दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा दुई दिनसम्म चल्ने अन्तरक्रियात्मक मेलामा बेरोजगार युवा तथा रोजगारदातासहित पाँँच सयभन्दा बढीको . . .


सुनसरीको घटना : श्रीमानको लिङ्ग सानो भएको भन्दै सम्बन्ध विच्छेद !

अमर काफ्ले, सुनसरी । समाजमा सम्वन्धका विच्छेदका अनेकन उदाहरण पाइन्छ । सम्वन्ध विच्छेद हुनुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु प्रमुख कारकका रुपमा रहँदै आएका छन् । तर सुनसरीमा सम्वन्ध विच्छेदको फरक प्रसंग सार्वजनिक भएको छ । श्रीमानको लिङ्ग सानो भएक�. . .


धरान–धनकुटा सडक खण्डमा आज बिहान दुर्घटना , १८ यात्रु घाइते

धनकुटा असार २२ — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रो बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रो ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । �. . .


मोरङमा यसवर्ष ३० प्रतिशत धान रोपाइँ सकियो !

विराटनगर असार २२ ,  मनसुन प्रारम्भसँगै मोरङमा यसवर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रुद्र राउतका अनुसार यसवर्ष कूल ७८ हजार हेक्टर जग्गामा किसानले धानखेती गरेका थिए । जिल्लाको ३१ हजार ६१० हेक्टरमा वर्षभरि र ३७ हजार ७७८ हेक्टरमा मौसमी सिँचाइ स�. . .


उर्लाबारीमा तीन लाखको तरकारी नष्ट

उर्लाबारी । लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको व�. . .


प्रदेश नम्बर १ सरकारको वेबसाइट सञ्चालनमा

विराटनगर असार २२। प्रदेश नम्बर १ सरकारको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले मन्त्रालयको गतिविधि समेटेर वेबसाइट सञ्चालनमा ल्याएको हो । प्रदेश १ मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव शुरेश प्रधानले वेबाइटमा प्रदेश १ को बारेमा भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरु पनि रा�. . .


इटहरीको बजेट एक अर्ब ५० करोड सार्वजनिक

इटहरी, असार २२ गते । इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत�. . .


मोरङको कानेपोखरीमा डुबेर एक बालकको मृत्यु

उर्लाबारी,असार २२ गते । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाई. . .


सुनसरीमा बाढीका कारण आधा दर्जन बस्ती डुबानमा

इनरुवा, असार २२ गते । सुनसरी जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढीका कारणले जिल्लाका कैयौँ बस्ती डुबानमा परेका छन् । सुनसरी खोलाको बाढीले तीन स्थानीय तहका आधा दर्जन बस्ती डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । सुनसरीको सुनसरी खोला, गडन खोला, बूढी खोलासहितका विभिन्न नदी तथा खोलामा आएको बाढीका का�. . .


विश्वकप फूटबल :आजदेखि विश्वकपको क्वाटरफाइनलका खेल,आज यी खेल हुँदै

काठमाडौँ, २२ असार । विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल आज शुक्रबारदेखि शुरु हुँदै छ ।रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेस�. . .