समाचार

विराटनगर ल्याइका संक्रमितहरु लकडाउन अगाडि नै नेपाल आएका थिए, अंग्रेजी बोल्न दख्खल

विराटनगर । रातीको ११ बजेको थियो, ४ वटा एम्बुलेन्सहरु साईरन बजाउँदै बिराटनगरको नेशनल ट्रेडिङको भवनमा आईपुग्यो । सँगै प्रहरीको गाडीले उनीहरुलाई स्कर्टिङ गरेर ल्याएको थियो । यसरी आएको ३ वटा एम्बुलेन्समा कोरोनाको पोजेटिभ देखिएका थिए भने अर्को एउटा एम्बुलेन्समा भने कोरोना नेगेटिभ देखिएका ब्यक्ति थिए । . . .


विराटनगरमा प्रहरीलाई अग्रवाल युवा मञ्चद्वारा सेनिटाइजर बुथ हस्तान्तरण

विराटनगर बैशाख ६ , नेपाल अग्रवाल युवा मञ्च विराटनगरले कोरोना भाइरस रोकथामको लागि  सेनिटाइजेसन बुथ जिल्ला प्रहरी कार्यालय, मोरङ लाई हस्तान्तरण गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा मोरंगका एसपी विश्व अधिकारीलाई उक्त बुथ हस्तान्तरण गरिएको हो । कोरोनाभाइरसका बिरामीहरू बढी रहेको अवस्थामा य�. . .


विराटनगरमा नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई सहयोग

बिराटनगर, बैशाख ६, नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई राहत बितरण गरीएको छ । उक्त सस्थाले बिराटनगर वडा नम्बर ५ र ६ र कटहरी गाउँपालिका वार्ड नम्बर १ का १२० ज्याला मजदुरी र लकडाउनको कारण खाध्यन्न अभावमा रहेको परिवारलाई सहयोग गरिएको आयोजक सस्थाका अध्यक्ष इब्राइम शर्माले जानकारी दिए �. . .


विराटनगर ल्याइएका संक्रमितमा लक्षण देखिएको छैन, स्वास्थ्य सामान्य

नवराज कट्टेल विराटनगर, बैशाख ६ गते । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो । कोरोना पोजेटिभ देखिएपनि . . .


जोगबनी हुदै उदयपुर गएका थिए १२ कोरोना संक्रमित

अभिमन्यु लामिछाने उदयपुर, ६ वैशाख । उदयपुरका १२ जनासहित शुक्रबार नेपालभर १४ जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भेटिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २९ वर्षे उमेर समूहका २ जना, २८ वर्षे ४ जना, २२ वर्षे १ जना, २५ वर्षे १ जना, २० वर्षे १ जना, ३९ वर्षे १ जना, ४० वर्षे १ जना र २�. . .


झापाका सीटीसी चिया उद्योग यही वैशाख ७ गतेदेखि खुल्ने

भद्रपुर। लकडाउनले ठप्प भएका झापाका सीटीसी चिया उद्योग यही वैशाख ७ गतेदेखि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा हालै बसेको बैठकमा विभिन्न बुँदामा निर्णय गर्दै जिल्लाका चिया उद्योग खुल्ने लिखित सहमति भएको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा बसेको बैठकमा चिया . . .


सुनसरीको हरिनगरमा मस्जिदमा बस्दै आएका ६ जना भारतीय नागरिकलाई क्वारेन्टाइनमा पठाइयो

सुनसरी , बैशाख ६ सुनसरीको हरिनगरमा बस्दै आएका ६ जना भारतीय नागरिकलाई प्रहरीले क्वारेन्टाइनमा पठाएको छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको मस्जिदमा बस्दै आएका उनीहरुलाई सुनसरी प्रहरीको टोलीले क्वारेन्टाइनमा पठाएको हो । सुनसरी प्रशासनले जिल्लाका कुनै पनि मस्जिदमा कोही पनि आश्रय लिएर बस्न नपाउने भ�. . .


विराटनगर-६ मा युवा समुहको सहयोगमा बिपन्नलाई खाना

विराटनगर बैशाख ६ । विराटनगर महानगरपालिका वडा-६ "शिव मन्दिर युवा समूह" ले लकडाउनका कारण समस्यामा परेका बिपन्न तथा गरिब परिवारलाई खाना सहयोग गर्दै आएको छ । उक्त समुहले चैत्र २० गतेबाट वडाकै ११३ बिपन्न परिवारलाई कुपनबाट साथै शिव मन्दिर मार्ग किचनबाटै बिना कुपन नोवेल अस्पतालमा रहेका बिमारी कुरुवा र बिर�. . .


उदयपुरको भुल्के सील गरियो , संक्रमित मध्यरातमा विराटनगर आइपूगे

विराटनगर बैशाख ६ , उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा रहेका १२ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि प्रशासनले सो क्षेत्र सील गरेको छ । केही दिन अघि त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मार्दा भेटिएका ४ जना नेपालीसहित १२ जना भारतीयको स्वाब परीक्षण गरेर उ�. . .


उदयपुरका १२ जना संक्रमितलाई आज नै विराटनगर ल्याइदै,कोशी अस्पतालमा राखिने

विराटनगर, बैशाख ५। प्रदेश नम्बर १ मा एकैसाथ १२ जनामा कोरोना संक्रमित भेटिएपछि सबै स्वास्थ्यकर्मी , प्रदेश १ का मन्त्रालय तथा सरोकारवाला निकय चुस्त बनेका छन् । आज मात्रै उदयपुरमा भेटिएका १२ जना भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई विराटनगरमा प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्पता�. . .


कोरोना अपडेट: १४ जना नयाँ संक्रमित भेटिए, नेपालमा ३० पुग्यो संख्या

विराटनगर बैशाख ५ । शुक्रबार नेपालमा १४ जना थप कोरोना संक्रमित फेला परेका छन् । उदयपुर र चितवनका गरी १४ जनामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुईजनामा कोरोना पुष्टि भएको हो । प्रदेश नम्बर १ मा पनि एकैपटक १२ जना संक्रमित भेटिएपछि जनतामा त्रास र. . .


कोशी अस्पतालमा स्वाब परिक्षण गरिएका उदयपुरका ८ जनामा कोरोनाको आशंका

विराटनगर बैशाख ५, उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमणको शंका गरिएको छ। विराटनगरको कोशी अस्पतालमा पीसीआर प्रविधिले परिक्षण गरिएका आठजनालाई कोरोना पोजेटिभ देखिएको थियो। थप परिक्षणको लागि उनिहरुको नमूना काठमाडौं टेकुस्थित राष्ट�. . .