समाचार

बर्जुमा रक्तदान कार्यक्रम

विराटनगर । रोट्रेक्ट क्लव अफ विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बर्जु गाँउपालिका स्थित सितागञ्ज स्वास्थ्य चौकीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको रोट्रेक्ट क्लव अफ विराटनगरका सदस्य क्षितिज गौतमले बताए ।    . . .


 ‘पापड’ लाई सक्रिय बनाईने

विराटनगर । नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष तथा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानलाई ट्रयाकमा फर्काउन पेशागत संघ संगठनहरुको साझा संस्था ‘पापड’ लाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । संसद बिघटन गरेर वैशाख १७ र २७ गते तोकिएको निर्वाचन असंभव रहेको बताउँदै त्यसका लागि ‘पाप�. . .


विद्यालय मर्जर गर्ने नीति ल्याउनु पर्ने प्याब्सनको माग

विराटनगर । निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) ले कोरोनाका कारण विद्यालय बन्द हुने अवस्था सिर्जना भएको भन्दै ‘मर्जर’नीति ल्याउन सरकारसँग माग गरेका छन् । देशभरका झण्डै एक हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको चिन्तासहित दुई वा दुई भन्दा बढी निजी विद्यालयलाई गाँभ्ने नीति आवश्यक रहेको निष्कर्ष �. . .


विराटनगरसँगको भगिनी सम्बन्ध : सम्झौताका लागि आउजाउ बाहेक छैन उपलब्धी

विराटनगर । सातवर्ष अगाडी सन् २०१३ नोभेम्बर २० मा समझदारी भई सन् २०१४ जुलाई १३ मा चीनको वुहान शहरसँग विराटनगर महानगरपालिकाले भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यस अवधीमा दुई देशका शहरबीचको ‘नागरिक कूटनीति’मा त्यो सम्बन्धको खासै प्रभाव भने देखिएन । सहमति र सम्झौता गर्दाताक�. . .


चट्याङ लागेर १ जनाको मृत्यु

ओखलढुङगा। ओखलढुङगाको मोलुङ गाउँपालिका-६ नयावन बस्ने २४ बर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।  . . .


विराटनगरमा फागुन ८ गते ओली समूहको जनसभा

विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आगामी फागुन ८ गते विराटनगरमा जनसभा आयोजना गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा आयोजना गरिने सभामा १ लाखभन्दा बढी जनता उतार्ने निर्णय गरेको हो । काठमाडौंको धुम्बाराहीमा बसेको प्रदेश १ का केन्द्रीय कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष, सचिव,. . .


विराटनगर भन्सार हुँदै पाँच अर्ब बराबरको भटमासको तेल निर्यात

विराटनगर । चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट पुस मसान्तसम्ममा यस नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको छ । भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन. . .


मौसम पूर्वानुमान अनुसार आज प्रदेश १ का केहि स्थानमा वर्षा र हिमपात

विराटनगर। देशभर आजपनि मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ सहित देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनेछ । प्रदेश १ का धेरै स्थानहरु, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको �. . .


प्रसारण नविकरण प्रदेशबाटै

विराटनगर । प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रशारण सम्बन्धी ऐन र नियमावली कार्यन्वयनमा आएसँगै सेवाग्राहीले इजाजत र नविकरण सुविधा लिन थालेका छन् ।सरकारले २०७६ फागुन २९ गतेदेखि प्रादेशिकस्तरमै रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण नविकरण, दर्ता र इजाजतको सेवा सुरुगरेपछि सेवाग्राहरुले सुविधा लिन थालेका हु�. . .


बेलबारीका कृषकलाई कृषि उपकरण

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई विभिन्न कृषियन्त्रिक उपकरण बितरण गरेको छ । एक कार्यक्रमका विच शुक्रबार नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई कृषि यन्त्रिक उपकरण पावर टिलर,मकै थ्रेसर र गोला सहितको माहुरीको घार बितरण गरेका हुन । कृषकहरुलाई ब्याबसायिक कृषिमा जोड द�. . .


विराटनगर हिमालय रोडको स्वरुप परिवर्तनमा व्यापारी नै असन्तुष्टि

विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको हिमालय रोडको सौन्दर्यकरण गरिने भन्दै महानगरले एमजी रोड अर्थात भारतको सिक्कीम राज्य गान्तोकमा रहेको महात्मा गान्धी रोडको स्वरुपमा परिवर्तन गर्ने योजना बनाएपछि स्थानिय व्यापारीहरुले भने असन्तुष्टि जनाएका छन् । आवर विराटनगरले यस अघि नै हिमालय रोडलाई एमजी रो. . .


पशुपति क्षेत्रको उमाकुण्डको पानी सुक्न थाल्यो

पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको उमाकुण्ड जीर्ण हुँदै गएको छ । संरक्षणको अभावमा उमाकुण्डमा पानीको स्रोत समेत सुक्न थालेको छ । वराह पुराण लगायत ग्रन्थमा सत्ययुगमा भगवती उमाले महादेव स्वामी पाऊँ भनी यहाँ तपस्या गर्नुभएकाले यसको नाम उमाकुण्ड रहेको उल्लेख छ । उमाकुण्डको �. . .