समाचार

जर्बरजस्ती करणीपछि हत्या गर्ने युवकलाई आजीवन कैद

इन्दु कुमारी साह विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सात वर्षीय बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गर्ने युवकलाई जिल्ला अदालत मोरङले आजीवन कैदको सजाय सुनाएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २० वर्षीय युवकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अ�. . .


लायन्स क्लब अफ विराटनगर इनभिजनद्वारा बनस्कण्डी मन्दिरमा पानी, जुस तथा फलफूल वितरण

विराटनगर, श्रावण ५ , लायन्स क्लब अफ विराटनगर इनभिजनको आयोजनामा आज श्रावण महिनाको पहिलो सोमबारको पावन अवसरमा बनस्कण्डी महादेव मन्दिर परिसरमा “पानी, जुस तथा फलफूल वितरण कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। सात बजेदेखि सुरु भएको कार्यक्रममा मन्दिरमा दर्शन गर्न आएका सयौं भक्तजनहरूलाई स्वच्छ पानी, ताज�. . .


मेरिल्याण्ड कलेजमा व्यवस्थापनपछि विज्ञान संकायको पढाइ सुरु,नयाँ भर्ना भएका विद्यार्थीहरुलाई भव्य स्वागत

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको सिटी प्यालेसमा सोमबार आयोजित कार्यक्रमबाट व्यवस्थापन र विज्ञान संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई औपचारिक स्वागत गरेको �. . .


२१.७६ अंकले बढयो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २१.७६ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज नेप्से परिसुचक बढेसँगै २८९२.७२ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि साताको पहिलो कारोबार आइतबार नेप्से परिसुचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो । यस . . .


संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ ः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ संविधान बनेपछिको संस्कृति नीतिले संस्कृतिको क्षेत्रमा नयाँ दिशा दिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित गायक स्व.अरुण थापा मगरको २६ औं स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान कार्यक्रममा उनले संस्कृति नीति कार्यान्वयनमा आउ�. . .


यस्ता छन् कृषिमन्त्री रामनाथ अधिकारीका बर्ष दिनका उपलब्धिहरु

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरि कृषकहरुलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहर�. . .


मन्त्री पौडेलको एक वर्षे कार्यकाल : आधारभूत सुधारदेखि ऐतिहासिक अभियानसम्म

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत निर्णय र सेवा विस्तारका उपलब्धिहरू सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले उपलब्धिहरु सार्वजनिक गरेको हुन् ।नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु‍र्याउने . . .


अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेट : चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा स. . .


युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

धनुषा । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका  ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् । पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छ�. . .


विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठुला प्रसारण लाईन निर्माण गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक÷निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ । प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला–दूधकोशी–ढल्�. . .


साफ यु–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं । बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । सोमबार यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनु�. . .


विराटनगरको आदर्श माविमा रामलाल गोल्छा आँखा अस्पतालको एकदिने निःशुल्क आँखा शिविर

विराटनगर , साउन ५ ,  विराटनगर महानगरपालिका वडा नं. ७ स्थित आदर्श माध्यमिक विद्यालयमा एकदिने निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।  उक्त शिविर तेरापंथ प्रोफेसनल फोरमको आयोजनामा तथा रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको सहकार्यमा संचालन गरिएको हो। शिविरमा विद्यालयका २३७ छात्र र ३६० �. . .