समाचार

भोटेकोशी बाढी : ५४७ शव फेला

काठमाडौँ । शुक्रबार दिउँसो ३ बजेसम्म भोटेकोशी बाढीमा परेर मृत्यु भएका ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२१, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो ।. . .


भोटेकोशी बाढी : १२१ विदेशी पर्यटकको उद्धार

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी यात्रुको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म उद्धार गरिएका विदेशीमध्ये सबैभन्दा धेरै भारतका ८५ जना छन् । त्यस्तै चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसक�. . .


रसुवा बाढी : टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीले जोगाएका थिए ज्यान

काठमाडौं । भारत विशाखापट्टनम डीएलडीए अध्यक्ष गाडु वेङ्कटप्पासहित तीर्थयात्रीहरूको एक समूहले नेपालमा आएको विनाशकारी बाढीबाट झिनो अन्तरले ज्यान जोगाएको छ । घटनाअघि भएका लगातारका ढिलाइ र समयमै गराइएको जानकारीका कारण उनीहरू उक्त विपत्तिबाट जोगिन सफल भएका हुन् । वेङ्कटप्पाका भाइ गरुडप्पाल नायडुक�. . .


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोड सहयोग संकलन

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा दाताहरुबाट १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम संकलन भएको छ । कोषमा यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ थियो । अर्थ मन्त्रालयलाई प्राप्त पछिल्लो विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा �. . .


एक्स्ट्रिम इनर्जी ड्रिङ्क्‌सद्वारा रु. १ करोड सहयोग हस्तान्तरण

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्‌सले घोषणा गरेको रु. १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको छ । विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत. . .


रसुवा बाढी ७०६ जना विदेशी नागरिकको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। आज दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका इलाकाहरुबाट ४० जना विदेशी नागरिक ९२९ भारतीय, ४ जर्मन, ४ चिनिया, १ ओमान, २ कोरि. . .


काठमाडौं उपत्यकामा विद्युत आपूर्तिमा के कारण देखियो समस्या ?

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसा�. . .


बेपत्ताको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेनाले थप्यो जनशक्ति

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ । शव संकलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरत. . .


कैलाश मानसरोवर यात्रा गर्न गएका ३७ भारतीय तीर्थयात्री सुरक्षित

काठमाडौं । कैलाश मानसरोवर यात्रा पूरा गरी फर्कने क्रममा तिब्बतको सागामा अलपत्र परेका भारत महाराष्ट्रका ३७ जना तीर्थयात्री सुरक्षित रूपमा काठमाडौंका लागि प्रस्थान गरेका छन्। तीर्थयात्रीहरूको समूह शुक्रबार बिहान ६ बजे न्यालम चेकपोस्ट हुँदै सागाबाट काठमाडौंका लागि प्रस्थान गरेको हो। ठाणे, पुणे, अ�. . .


कोशी प्रदेशसभा सदस्य भीम पराजुलीद्वारा विपद्का बेला एक महिनाको पारिश्रमिक सहयोग

विराटनगर।कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले विपद्को समयमा आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन्। पराजुलीले प्रदेशसभाबाट आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकबापतको ५३ हजार रुपैयाँ विपद् प्रभावितको सहयोगका लागि उपलब्ध गराउने बताएका हुन्। उनले महाविपद्को अवस्थामा आफूले प�. . .


प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधा. . .


त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भोटेकोशी नदीमा बाढीको सतह निरन्तर बढ्दै गएपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजे रसुवास्थित भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढीको पानी स्याप्रुबेसीसम्म आइपुगेको छ । बाढीको सम्भावित जोखिमलाई म�. . .