समाचार

उमागौरी सहकारीका अध्यक्ष शम्भु रौनियार अदालतमा

विराटनगर । मोरङको धनपालथान कर्सियास्थित उमागौरी कृषि सहकारीको रकम अपचलन तथा ठगी मुद्दाका फरार अभियुक्त अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार अदालतमा उपस्थित भएका छन् । कानुन व्यवसायीलाई साथमा लिएर उनी अदालतमा उपस्थित भएका हुन् । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उनको मोरङ अदाल�. . .


कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्त�. . .


कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् । सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् । रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा र�. . .


नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ बराबरको कारोबार भएको छ । क. . .


ओझेलमा भक्तपुरका चारधाम

लक्ष्मी गारु / रासस भादगाउँ । ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरुको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । भक्तपुरमा चार�. . .


वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाट. . .


निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

नारायण अधिकारी / रासस चितवन । सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् । निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले �. . .


थप छ बन्धक रिहाइका लागि सहमतिपछि विस्थापित प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्के

गाजा सिटी, प्यालेस्टिनी भू–भाग । इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजा पट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन्। इजरायल–हमास युद्धले गाजा पट्टीलाई तहसनहस पारेको छ र यसका लग. . .


सङ्घीय संसद्को हिउँदे अधिवेशन : प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स. . .


एनप्याब्सन मोरङद्वारा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने

सुन्दरहरैँचा । सुन्दरहरैँचास्थित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) जिल्ला कार्यसमिति मोरङको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । माघ १६ गते शहिद दिवसको अवसरमा नगरकाे सलकपुरस्थित दुर्गादेवी दुलाल स्पाेटग्राममा कार्यक्रम हुने भएको आयाेजकले पत्रकार �. . .


सुन्दरहरैँचामा “रूख मुनिको गन्थन मन्थन” सम्पन्न

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका १० स्थित बागझोडामा बिपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैँचा समितिकाे आयाेजनामा नेपाली कांग्रेसका नेताहरूको 'रूख मुनिको गन्थन मन्थन'अन्तरक्रिया सम्पन्न भएको छ । बिषयगत बहसमा काँग्रेस नगर समिति र बिपी अध्ययन प्रतिष्ठान मोरङको सहकार्यमा भएको हाे । सुन्दरह�. . .


नासाका अन्तरिक्ष यात्रीले आइएसएसबाट २०२५ को महा कुम्भ मेलाका भव्य तस्बिरहरू साझा गरे

प्रयागराज (उत्तर प्रदेश, भारत) । नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महा कुम्भ मेलाको मनमोहक तस्बिरहरू साझा गर्नुभएको छ । एक्स (पूर्व ट्विटर) मा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गर्नुभएको छ, “२०२५ महाकुम्भ मेला गङ्गा नदी तीर्. . .