समाचार

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

डुम्रे (तनहुँ) । प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको �. . .


चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो

बेइजिङ । चीनले मंगलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने बताएको छ । बेइजिङको वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठूला विस्थापन सवारी साधन र पिकअ�. . .


आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो

कमलकुमार बस्नेत / रासस काठमाडौँ । टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमे�. . .


नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

चितवन । भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रुपमा देखापरेको ‘ट्रोपिलाप्सिस माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखापरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यहाँ आयोजना गरेको तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका विदेशी वैज्ञानिकले जिल्लाको मौ�. . .


धरानबाट ४१० केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले कारबाट प्रहरीले ४ सय १० किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकमा रोकेको कारबाट प्रहरीले गाँजा बरामद गरेको हो । जंगलमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कारचेकजाँच गर्दा गाँजा फेला बरामद भएको छ । त्यसैगरी सुनसरीक. . .


दुहबी बजारमा साँघुरै बन्नेभयो छलेन सडक

विराटनगर । कोशी राजमार्ग छ लेनमा विस्तार गर्ने योजना अनुरुप रानी–धरानसम्मको काम करिब अन्तिम चरणमा पुगेको छ । रानी–धरान ४९ किलोमिटरमध्ये ४२ किलोमिटर दुरी छ लेनमा विस्तार भएको छ । राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडकको केन्द्रबाट दाँया–बाँया २५/२५ मिटरसहित सेटब्याक ६÷६ मिटर कायम हुनुपर्ने हुन्छ. . .


प्रधानमन्त्री ओलीबाट एचपिभी खोप अभियान शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज(मंगलबार)देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन. . .


भोजपुरको ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो

युवराज विष्ट / रासस भोजपुर । औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्र. . .


विराटनगरमा बस्नलाई दिउँसो राखेका फलैंचा राती नै भाँचिन्छन्

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–४ मा राखिएका सिमेन्ट फलैंचा रातभरमै भाँच्ने क्रम बढेको छ । स्थानीयको माग अनुसार वडाको बजेटबाट जताततै राखिदै आएको सिमेन्ट फलैंचाको उपयोग गर्न नपाउँदै क्षति पु¥याउन थालिएको हो । स्थानीय संघ संस्थाको साझा प्रयासमा निर्माण विराटनगर ४ मा राखिएका फलैंचा सोम. . .


क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् । मंगलबार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा क्यानसरको भयावह अवस्था रहेको भन्दै यसको निवारणको लागि अझै थुप्रै का�. . .


विश्व क्यान्सर दिवस मनाइँदै, नेपालमा सस्तो मूल्यमा उपचार

काठमाडौं । नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ आज(मंगलबार) विश्व क्यान्सर दिवस मनाइँदैछ। हरेक बर्ष आजको दिन अर्थात् फेब्रुअरी ४ मा विश्वव्यापीरुपमा दिवस मनाउने गरिन्छ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै समयमा पहिचान भएमा यसको उपचारमार्फत निर्मूल हुने चिकित्सकहरू बत. . .


अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाले खिच्नुभएको तस्बिर प्रदर्शनी गरेको हो । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर�. . .