समाचार

राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्य�. . .


ट्रम्प प्रशासनले चिनियाँ लगानीलाई अझ खुला गर्न सक्ने अपेक्षा

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनले ठूलो चिनियाँ लगानीका लागि अझ खुला रहने अपेक्षा गरिएको छ। यूएस–चीन सम्बन्धको राष्ट्रिय समितिका अध्यक्ष स्टीफन ओर्लिन्सले भने,‘मैले बुझेको छु कि राष्ट्रपति ट्रम्पले अघिल्लो प्रशासनको तुलनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ �. . .


धरानका मेयर हर्क साम्पाङ सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् । मंगलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन् । उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । उनको गाग्री भने प्रहरीले ख�. . .


आम्दानीको स्रोत बन्दै लप्सी

हरिप्रसाद बास्तोला / रासस गण्डकी । उहिलेदेखि भन्दै आइएको ‘हरियो वन नेपालको धन’ भनाइलाई यहाँको एक सामुदायिक वनका उपभोक्ताले थप चरितार्थ गरेका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ लक्ष्मी देउरालीस्थित वनपाले सामुदायिक वन समूहले लप्सीबाट अतिरिक्त आम्दानी गर्दै हरियो वन नेपालको धन नै भएको पु�. . .


प्रधानमन्त्री ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन कार्यक्रम माघ १२ गते हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे प्रदर्शनी स्थलमा समुद्घाटन हुने कार्यक्रम पूर्व निर्धारित मिति माघ ११ बाट सारिएको हो। 'ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमे�. . .


ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो शपथग्रहणअघि युद्धविरामका लागि गरिएको कूटनीतिको प्रशंसा गर्दै गाजामा युद्धविराम सम्झौता हुने कुरामा आफू विश्वस्त नभएको बताउनुभएको छ । “म विश्वस्त छैन”, ह्वाइट हाउस फर्किँदा एक पत्रकारले दुवै पक्षले युद्धविराम कायम राख्ने र सम्झौतामा �. . .


सुन चाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सु�. . .


विराटनगर महानगरद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको ९ लाख बजेटबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जनक आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा ५ वटा �. . .


डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण

क्यापिटल हिल, वाशिङ्गटन । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले भन्नुभयो,"अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट पार्नुभयो । उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकाला�. . .


‘विदेशको ठाउँ काम गरुन्जेल मात्र हुँदो रहेछ’

सिंगबहादुर थापा / रासस बरहथवा (सर्लाही) । लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारी जानुभयो । खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य हुनुभयो । उहाँ विगत तीन वर्षदेखि ह्वीलचियरको सहारामा हुनुह. . .


ज्याम्बोरेट २०२५: विराटनगरमा तीन हजार स्काउटको भेला हुँदै

विराटनगर । विराटनगरमा आगामी माघ २५ देखि २८ गतेसम्म कोशी प्रदेशस्तरीय ज्याम्बोरेट-२०२५ आयोजना हुने भएको छ । डिग्री क्याम्पसको मैदानमा हुने यस भेलामा कोशी प्रदेशका २५ हजार स्काउट सदस्यमध्येबाट छनोट भएका तीन हजार स्काउटर सहभागी हुने छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल स्काउट कोशी प्रदेशका प्. . .


सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

वीरगञ्ज (पर्सा) । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०/ ८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बर�. . .