समाचार

विराटनगरको बजेट तीन अर्ब ४९ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् । महानग�. . .


निलम्बित अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । सरकारले मुख्यसचिवबाट निलम्बित बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । अन्तःशुल्क स्टिकर खरिद प्रकृयामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमब�. . .


आउँदो बिहिबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने

यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने उच्च सम्भावना छ । देशका जनताले आफ्नो बहुमूल्य मत जो बाइडेनलाई दिएर लगातार दोस्रो पटक राष्ट्रपति बनाउने वा यस पटक डोनाल्ड ट्रम्पलाई निर्वाचित गर्छन् त्यो भने . . .


भारतमा सुत्केरी विदामा ब्यापक संशोधन, अब महिलालाई १८० दिन विदा

भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । रिपोर्टका अनुसार नयाँ नियमहरू केन्द्र सरकारद्वारा अधिसूचित गरिएको छ । बुबालाई पनि १५ दिन बिदा पाउने अधिकार हुनेछ । केन्द्र सरकारले सुत्केर. . .


कोपा अमेरिकामा पानामालाई ३–१ गोल अन्तरले हराउँदै उरुग्वे समुहको शीर्ष स्थानमा

काठमाडौं । स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक एक गोल गर्दा पानामाका मिच. . .


रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस

काठमाडौं । प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । सोमबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी महानिरीक्षक एवं बड�. . .


स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले सोमबार बजेट सार्वजनिक गर्दैछन् । ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को द�. . .


डलरको भाउ स्थिर, युरो घट्दा पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री द�. . .


जर्मनी र स्वीट्जरल्याण्ड युरोको प्रि क्वाटरफाइनलमा

काठमाडौं । जर्मनी र स्वीट्जरल्याण्डले युरो २०२४ को प्रि क्वाटरफाइलन (राउन्ड अफ सिक्सटीन)मा स्थान पक्का गरेका छन् । सोमबार बिहान सकिएको खेलमा दुवै टिमले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएपछि अन्तिम १६ मा पुग्न सफल भएका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत घरेलु टोली २८ औं मिनेटमा पछि परे�. . .


इंग्ल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डले जारी विश्वकपकै सर्वाधिक ठूलो १० विकेटको जित निकालेको छ । ब्रिजटाउनमा. . .


कोपामा अमेरिकाको विजयी सुरुआत

काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ । समूह सीको पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको हो । टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे । खेल सुरु भएको तेस्रो मिनेटमै टिमोथी वेहको पास�. . .


अनेरास्ववियू (क्रान्तिकारी) महानगर समितिमा प्रितम साह

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को तेस्रो विराटनगर महानगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट ६१ सदस्यीय नयाँ समिति चयन गरिएको छ । नवनिर्वाचित समितिको नेतृत्व प्रितम साहले गर्नेछन्। उनी अध्यक्ष पदमा चयन भएका छन्। समितिमा चार जना उपाध्यक्षहरू सतीश झा, केशव . . .