सुन्दरहरैँचा (मोरङ) । पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिझोडाको बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको छ । जङ्गली हात�. . .
पथरी (मोरङ) । मङ्सिर १२ गतेदेखि अवरुद्घ भएको मनमोहन गान्धीमार्ग आजदेखि सञ्चालनमा आएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिकमा उक्त सडक निर्माणको सम्झौता भएकामा समयमै काम सम्पन्न नभएपछि स्थानीयले बाटो अवरुद्ध गरेका थिए । अवरुद्ध मार्ग वडाध्यक्षको पहलमा आजदेखि सञ्चालनमा आएको हो । विस. . .
झापा । झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थ. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लाग. . .
भोजपुर । सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् । वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक तालिम लिएसँगै अहिले सिलाई कटाइको काम गर्दै आएको स. . .
विराटनगर । कोशी प्रदेश सरकारले यौनिक तथा यौनिक अल्पसंख्यक सामुदायिक भवनको लागि बजेट विनियोजन गरेको छ । झापाको दमकमा यौनिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि सामुदायिक भवन निर्माण गर्न २५ लाख बजेट विनियोजन गरेको हो । कोशी प्रदेशमा पहिलो पटक प्रदेश सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको . . .
झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुग्नुभएकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उहाँलाई ओमानको अल लुल्लाह अल . . .
सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिझोडा स्थित जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । घर नजिकै जंगली हात्ती निस्किएकोले धपाउने क्रममा स्थानीय २५ बर्षीय रबिन खड्काको मृत्यु भएको हो। हात्तीले कुल्चिएर मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त भएसगै ईलाका प्रहरी कार्यालय ईटहरी�. . .
चन्द्र पौडेल धनकुटा । सहिदभूमि गाउँपालिका-३ छिन्ताङ गाउँ यतिबेला सुन्तलाले पहेंलै भएको छ । बोटरभरी लटरम्म सुन्तला फलेका छन् । किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ । व्यापारीहरू गाडी लिएर बगानमै पुग्छन् । व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन् । . . .
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उहाँलाई खोजी गर्ने क्रममा. . .
झापा । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । मंगलबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सिमावर्ती क्षेत्रमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना हुनुभएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अ�. . .